setoveda logo
४ वैशाख २०८३, शुक्रवार

मोरङ– ६ मा रास्वपाकी रुबिनाको सानदार जित, शेखर कोइराला ४२ हजार बढि मतले पराजित

फागुन २३, २०८२, शनिवार
रुबिना आचार्य

रुबिना आचार्य

फागुन २३ गते । मोरङ–६ मा रास्वपाकी उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् । उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा। शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे । त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् । यो क्षेत्रमा गत निर्वाचनमा कांग्रेसका कोइराला विजयी भएका थिए । मोरङमा रास्वपा क्लिन स्विप गर्ने स्थितिमा छ ।