setoveda logo
४ वैशाख २०८३, शुक्रवार

मन्त्री हाङ्गामद्धारा साँवाका अग्नीपीडित परिवारलाई राहत

मंसिर ९, २०८२, मङ्गलवार
राहत उपलब्ध गराउँदै उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम

राहत उपलब्ध गराउँदै उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम

मंसिर ७ गते । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले साँवास्थित तेम्बाका अग्नीपीडित परिवारलाई राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराएका छन् । मन्त्री हाङ्गामले व्यक्तिगत रुपमा ४ घरपरिवारलाई ३६ हजार रुपैयाँ प्रदान गरेका हुन् । फङफङदेन झरना तथा सांस्कृति पर्यटन महोत्सव कार्यक्रमको स्टेजमा पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् । मन्त्री हाङ्गामले भने,‘आगलागीको घटनाले दुःखी छु । व्यक्तिगत रुपमा सहयोग लिएर आएको हुँ । स्विकार गरिदिनुहोला ।’

राहत उपलब्ध गराउँदै उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम

राहत उपलब्ध गराउँदै उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम

मोटरसाइकलमा लागेको आगोले चार घर जलेको थियो । इन्द्र कुमार लिम्बु,राजकुमार लिम्बु,अनिल लिम्बु र विष्णुप्रसाद लिम्बुको घर जलेको हो । घरसहित सुन,चाँदी,लत्ताकपडा र अलैची समेत जलेको थियो ।

राहत उपलब्ध गराउँदै उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम

राहत उपलब्ध गराउँदै उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम