चैत १६ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर) लाई ६ विकेटले हराउँदै १४ वर्षदेखि जारी ओपनिङ खेलमा हारको श्रृंखला अन्त्य गरेको छ।
मुम्बई इन्डियन्स
यसअघि मुम्बईले सन् २०१२ पछि पहिलो खेल जित्न सकेको थिएन । वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनायो । त्यसको जवाफमा मुम्बईले १९।१ ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।