setoveda logo
४ वैशाख २०८३, शुक्रवार

महिला अतिथिको फुटबल मोह,क्षणभरमै संकलन भएको रकम सम्मानसहित इटहरीलाई दिए

साउन २९, २०८२, बिहिवार
महिला अतिथिले संकलन गरेको रकमसहित आयोजकको मायाको चिनो ग्रहणगर्दै इटहरीका करुणा शंकर राई । तस्बिर: गोल नेपाल

महिला अतिथिले संकलन गरेको रकमसहित आयोजकको मायाको चिनो ग्रहणगर्दै इटहरीका करुणा शंकर राई । तस्बिर: गोल नेपाल

साउन २८ गते । ताप्लेजुङ गोल्डकपको पहिलो सेमिफाइन खेल अवलोकनका लागि आयोजकले नेतृत्वमा रहेका महिला अतिथिलाई निम्तो दियो । राजनीतिक दल,बैंक,पत्रकार,सँघ संस्था, सरकारी तथा गैरसरकारी र सामाजिक संस्थामा आबद्ध महिला नेतृत्वको बाक्लो उपस्थिति रह्यो । लाखेजात्रा संञ्चालन समितिले महिला नेतृत्वमार्फत सबै महिलाको सम्मानका लागि खेल अवलोकन गर्न अतिथिको रुपमा विशेष निम्तो दिएको थियो । यो अभियान लाखेजात्रा संञ्चालन समिति निवर्तमान अध्यक्ष देवराज गुरुङ नेतृत्वको टोलीले सुरुवात गरेको थियो । वर्तमान अध्यक्ष सागर मादेन नेतृत्वको समितिले पनि निरन्तरता दियो । यो निर्णय संस्थागत निर्णयको निरन्तरता हो । संस्थाको उदेश्य एउटा मात्र खेलमा महिला नेतृत्वलाई समावेश गर्ने नभई हरेक कार्यक्रममा पनि महिला अतिथिलाई उत्तिकै समावेश गर्नु हो ।

मख्य रेफ्री श्याम दनुवारलाई बल हस्तान्तरणगर्दै महिला अतिथिहरु ।

मख्य रेफ्री श्याम दनुवारलाई बल हस्तान्तरणगर्दै महिला अतिथिहरु ।

पहिलो सेमिफाइनल खेल थियो,चर्च व्वाईज युनाईटेड क्लब ललितपुर र द योङ ब्रदर्श क्लब इटहरीको । कार्यक्रमको अध्यक्षता गरेकी थिईन्, गीता पालुङ्वा । उनी लाखेजात्रा संञ्चालन समिति सदस्य पनि हुन् । पूर्व खेलाडी पनि । पालुङवाले सबै महिला अतिथिलाई खेलाडीलाई बधाई दिन र फोटो कैदका लागि मैदान प्रवेश गराएकी थिइन् । अतिथिले दुवै टिमलाई बधाईसहित जितको शुभकामना दिए । मुख्य रेफ्री श्याम दनुवारलाई बल हस्तान्तरण गरे । फर्केर स्टेजमा आएर खेलको मज्जा लिए । अघिसम्म सिमसिम पानी मात्र पर्दै थियो । तर दोश्रो हाफदेखि वर्षात झनै बाक्लो पर्यो । विगतको हिले जात्राको झल्को दियो ।

इटहरी र ललितपुर टिम,रेफ्रीसँग तस्बिर कैद गर्दै महिला अतिथिहरु ।

इटहरी र ललितपुर टिम,रेफ्रीसँग तस्बिर कैद गर्दै महिला अतिथिहरु ।

तर मैदानभित्र खेल रोचक थियो । लाग्थ्यो, फाइनल खेल नै भइरहेको छ । पाथीभरा वहुमूखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शिला इजमले स्टेजमा हामीलाई बोलाए । इजमले भनिन्,‘ललितपुर र इटहरीको खेल छ । जो हारेपनि सम्मान स्वरुप संकलन भएको रकम दिन चाहेका छौ । सहजीकरण गरिदिनु न !’ स्टेजमा अतिथिको रुपमा थिइन्, रुपा लिम्बु । उनी मेघा बैंकमा कार्यरत छिन् । उनले नाम टिपोट र पैसा संकलन गर्ने जिम्मेवारी निर्वाह गरिन् । अन्तत खेल सकियो । ललितपुरको जित, इटहरी पराजित ।

अध्यक्ष सागर मादेनसहित पदाधिकारीसँग तस्बिर कैद गर्दै महिला अतिथिहरु ।

अध्यक्ष सागर मादेनसहित पदाधिकारीसँग तस्बिर कैद गर्दै महिला अतिथिहरु ।

आयोजकसँग समन्वय गरेर संकलन भएको पैसा इटहरीलाई प्रदान गर्ने निर्णय कार्यान्वयनको पर्खाइमा थिए,–महिला अतिथिहरु । त्यो बेलासम्म इजमसहित फुङलिङ नगरपालिका उपप्रमूख भिमादेवी ओझा,सहायक प्रमूख जिल्ला अधिकारी सन्दिपा खड्का,पत्रकार महासँघ केन्द्रिय सदस्य माला पालुङवा,माछापुच्छ्रे बैंक मेनेजर संमृता लिम्बु,जिल्ला समन्वय समिति शाखा अधिकृत प्रभा आलेमगर मात्र थिए । मौसम बाधक बनेकाले खेल सकिएलगत्तै अधिकाँश अतिथिले स्टेज छाडेका थिए । आयोजक अध्यक्ष सागर मादेन,कोषअध्यक्ष दावा शेर्पा र सदस्य युवराज महताराले साथ दिए । इटहरीका करुणा शंकर राईलाई संकलन भएको १३ हजार रुपैयाँ हस्तान्तरण गरे । सहायक प्रजिअ खड्काले भनिन्,‘खेल हारेपनि दर्शकको मन जित्नुभयो । हृदयदेखि नै सम्मान छ । पैसालाई मायासहितको सम्मान सम्झिदिनुहोला ।’ इटहरीका राईले साथ र सहयोगका लागि धन्यवाद दिए । उनले थपे,‘हारको पीडा भुल्यौ । यति मीठो माया र साथका लागि आभारी छौ । यो सन्देश देशभर फैलनेछ ।’

म्यान अफ दि म्याच घोषित ललितपुरका सुमन श्रेष्ठलाई पुरस्कार प्रदानगर्दै फुङलिङ नगरपालिका उपप्रमूख भिमादेवी ओझा

म्यान अफ दि म्याच घोषित ललितपुरका सुमन श्रेष्ठलाई पुरस्कार प्रदानगर्दै फुङलिङ नगरपालिका उपप्रमूख भिमादेवी ओझा

पूर्व खेलाडी तथा अग्रज दिलिप राईको अनुभवमा यो दुर्लभ दृश्य हो । उनले भने,‘ताप्लेजुङबासीको फुटबल क्रेज असाध्यै छ । त्यही भएर खेलाडीहरु यहाँ आउन मरिहत्ते गर्छन् ।’ ताप्लेजुङमा महिला नेतृत्वले गरेको यो अभियान संम्भवत देशकै पहिलो हुन सक्छ । होइन र ?

चर्च व्वाईज युनाईटेड क्लब ललितपुर

चर्च व्वाईज युनाईटेड क्लब ललितपुर

द योङ ब्रदर्श क्लब इटहरी

द योङ ब्रदर्श क्लब इटहरी