setoveda logo
४ वैशाख २०८३, शुक्रवार

२०८४ मा ‘निर्णायक शक्ति’ बन्ने उद्घोष

भदौ २१, २०८२, शनिवार

भदौ २१ गते । आगामी आम निर्वाचनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ गर्ने संकल्पसाथ एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबार सुरु भएको छ । महाधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् । आगामी आम निर्वाचनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ गर्ने संकल्पसाथ एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबार सुरु भएको छ । महाधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमालेको विधान महाधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरू । तस्बिर: हेमन्त श्रेष्ठर कान्तिपुर

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमालेको विधान महाधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरू । तस्बिर: हेमन्त श्रेष्ठर कान्तिपुर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने आकांक्षाले आन्तरिक ध्रुवीकरण चलिरहेकै बेला एमालेको विधान महाधिवेशन सुरु भएको हो । पार्टीको अन्तरसंघर्ष विधान महाधिवेशन हलमा प्रवेश नहोस् र आगामी महाधिवेशनमा आफूलाई चुनौती दिने अवस्था नआओस् भन्नेमा सजग रहँदै अध्यक्ष ओली प्रस्तुत भएका छन् ।

उद्घाटन भाषणका क्रममा ओलीले लिपुलेक हुँदै भारत र चीनबीच व्यापार गर्ने सहमतिप्रति आफूले आपत्ति जनाएको सुनाए । ‘चीनका राष्ट्रपति सी (चिनफिङ) सँग भएको दुईपक्षीय भेटवार्तामा लिपुलेक सम्बन्धमा भारत र चीनले गरेको व्यापारिक सहमतिको प्रस्ट रूपमा असहमति छ भनें । त्यसको अडियो, भिडियो छ,’ उनले भने । सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन चीन गएका बेला गत शनिबार ओलीले सीसँग भेटवार्ता गरेका थिए ।

सीमा समस्याको समाधान भारतसँगै खोज्ने ओलीको भनाइ थियो । ललितपुरको गोदावरी सनराइज हलमा चलिरहेको महाधिवेशनको बन्द सत्रमा ओलीले ९८ पेज लामो राजनीतिक प्रस्ताव पेस गरेका छन् । महासचिव शंकर पोखरेलले पनि यसलाई नै केन्द्रमा राखेर सांगठनिक प्रस्ताव राखेका छन् । उपाध्यक्ष विष्णु पौडेलले ‘जनताको बहुदलीय जनवादले विकास गरेका नवीन र मौलिक मान्यताहरूको मार्गदर्शनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको हैसियतमा स्थापित गर्न अनुकूल हुने गरी’ विधान संशोधन प्रस्ताव पेस गरेका छन् ।

स्थायी कमिटी सदस्य कर्ण थापाले महाधिवेशनमा प्रस्तुत भएका तीन मुख्य प्रतिवेदनमाथि फरक मत राखेका छन् । उनको फरक मतलाई महाधिवेशनमा राख्न अनुमति दिइएको हो । ‘पार्टीमा आन्तरिक लोकतन्त्रको पालना र विधिको अवलम्बन गरौं’ शीर्षकको फरक मतले छलफलका लागि अनुमति पाएको थापाले बताए । पूर्वराष्ट्रपति विद्या भण्डारीले विधान महाधिवेशन प्रतिनिधिहरूलाई खुलापत्र लेख्दै आफ्नो सदस्यता नवीकरण ‘पेन्डिङ’ मा राख्ने निर्णय सच्याउन आग्रह गरेकी छन् । महाधिवेशनमा निम्तासमेत नगरिएकी भण्डारीले लेखेको पत्र कार्यकर्ताले महाधिवेशन हलबाहिर प्रतिनिधिहरूलाई बाँडेका थिए । E-kantipur