साउन १३ गते । लुम्बिनी प्रदेशमा सरकार गठन भएको एक बर्षपछि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। वर्तमान सरकार गठन भएको १ बर्ष ५ दिन पूरा भएपछि साउन १२ गते युवा तथा खेलकुद मन्त्रीमा सन्तोषकुमार पाण्डे नियुक्त भएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्ष अगाडि सरकार गठन हुँदा आफैले राखेको सो मन्त्रालयमा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता पाण्डे नियुक्त गरेका हुन् ।
खेलकुद मन्त्री सन्तोषकुमार पाण्डे
पाण्डेले सोमवार पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका हुन् । लामो समयसम्म प्रदेशमा खेलकुद मन्त्री नहुदा अघिल्लो सरकारले विघटन गरेका प्रदेशका १२ वटै जिल्लामा जिल्ला खेलकुद विकास समिति गठन हुन सकेका छैन ।