तापेथोकस्थित तमोर नदि । तस्बिर: राजन लिम्बु (मुक्ति)
साउन ७ गते । फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले बुधबार विहान सामाजिक सञ्जालमा तस्बिरसहित स्टाटस लेखे,–‘बाढिले बेलिव्रिज बगायो ।’ तमोर नदिमा आएको बाढिले रानीपुलमाथिको बेलिव्रिज बगाएको छ । रानीपुलभन्दा माथि आवतजावत बन्द छ । लेलेपको सागु बगरस्थित फाङबारी विद्यालय छेउबाट पनि पहिरो खसेको छ । जुहाँ गत वर्ष पनि पहिरो गएको थियो । अध्यक्ष लिम्बुका अनुसार धनजनको क्षति भएको छैन् । तथापी गाउँपालिकाले सावधानी अपाउन आग्रह गरेको छ । रेमिट हाइड्रोपावर कम्पनीले ४ वर्ष अगाडी ५ करोड लागतमा बेलिव्रिज बनाएको हो । बाढिले उक्त क्षेत्रमा के गति क्षति गर्यो भनि यकिन विवरण आउन बाँकी छ ।