‘प्रथम मानाभरा आमन्त्रण गोल्डकप पुरुष फुटबल प्रतियोगीता’ को (२०८२ मंसिर १५–१९) खेल तालिका
पुस ८ गते । ३ लाख २ हजार ८२ रुपैयाँ प्रथम पुरस्कार राशीको जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा ‘प्रथम मानाभरा आमन्त्रण गोल्डकप पुरुष फुटबल प्रतियोगीता’ को (२०८२ मंसिर १५–१९) खेल तालिका सार्वजनिक भएको छ । १ लाख ५२ हजार ८२ रुपैयाँ दोश्रो पुरस्कार राशीको प्रतियोगीताअन्तर्गत मानाभरा युथ स्र्पोटिङ क्लब र श्री चाँगे माछापोखरी हिटी क्लबबिच उद्घाटन खेल हुने भएको छ ।
आयोजक मानाभरा युथ क्लब खेजेनिमले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रेस नोट
आयोजक मानाभरा युथ क्लब खेजेनिमले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रेस नोट
दोश्रो र तेश्रो खेल पुस १६ गते हुनेछ । सिवा स्र्पोटिङ क्लब लिङ्खिम र लालीगुँरास स्र्पोटिङ क्लब सुरुमखिम तथा लिखु भुजी रामेछाप युथ क्लब र जनसेवा आदर्श स्र्पोटिङ क्लब ढुङेसाँघु बिच हुनेछ । पुस १७ गते नवप्रयास यूवा क्लब हाङदेवा र प्रगतीशिल यूवा क्लब लिङ्तेपबिच हुने भएको छ । पुस १८ गते दुई वटा सेमिफाइनल खेल हुनेछ । पुस १९ गते फाइनल खेल दिउँसो १ बजे हुने भएको छ । प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद रु. २ हजार ५ सय प्रदान गरिनेछ । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. ८ हजार रुपैयाँ प्रदान गरिने भएको छ । उत्कृष्ट गोलकिपर,डिफेन्डर,मिडफिल्डर र स्कोररलाई जनही रु. ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
खेजेनिम जाऔ, खेलकुद तथा सांस्कृतिक कार्यक्रममा रमाऔं ।
पुस १५ गते उद्घाटनको दिन विभिन्न जातजातिको मौलिकता झल्कने नृत्य समावेश गरिएको छ । अध्यक्ष तुलसी दाहालका अनुसार खेजेनिमको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने हेतुले खेल आयोजना गरिएको हो । आयोजक मानाभरा युथ क्लब खेजेनिम संरक्षक रविन साम्रा (विकास) का अनुसार खेलमाध्यममार्फत गाउँघरसँग पर्यटनको विकास हुने संम्भावना हुन्छ । कोषअध्यक्ष आदित्य लिम्बुका अनुसार २० लाख खर्च हुने अनुमान छ । टिमहरु पुस १४ गतेदेखि आउने भएकाले व्यवस्थापन तयारी अन्तिम चरणमा पुगेको सचिव मौसम अन्छङबोले जानकारी दिए । मानाभरा, वाग्मा पोखरी, लिम्बुहरुको शीर उठाउने खाम्बुलिङहाङसाम नाहाङ्मायक, जिन्दाक छ्योसिक गुम्बा र गढी लगायत धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको प्रचारमा टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष साम्राले बताए । २०७५ पुस १ गतेदेखि ७ गतेसम्म प्रथम मानाभरा महोत्सव समेत आयोजना भएको थियो ।
खेजेनिमस्थित आहालेटार खेल मैदान ।