फाइल तस्बिरः खेवाङ गोल्डकप २०८१
भदौ १२ गते । जिल्लाकै ठूला फुटबल प्रतियोगीतामध्येको एक खेवाङमा संञ्चालन हुने पुरुष खुल्ला फुटबल प्रतियोगीता असोज ३० गतेदेखि सुरु हुने भएको छ । शुभ दिपावलीको अवसरमा आयोजित प्रतियोगीता असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने भएको हो । खेवाङ स्र्पोटिङ क्लबको आयोजनामा हुने फुटबल प्रतियोगीतामा यस वर्ष हाफ म्याराथन र सांस्कृतिक कार्यक्रम समावेश छ । अध्यक्ष विनम माबोका अनुसार फुटबलसँगै सांस्कृतिक कार्यक्रम पनि समावेश गरेको हो । फुटबल र म्याराथनमार्फत खेवाङसहित गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्य रहेको अध्यक्ष माबोले बताए ।
फाइल तस्बिरः खेवाङ गोल्डकप २०८१ मा बल हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य योगेश कुमार भटराई ।
फाइल तस्बिरः खेवाङ गोल्डकप २०८१ मा बल हस्तान्तरण गर्दै कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम ।
सबै विद्याको पुरस्कार समितिको बैठकले निर्णय गर्ने तयारी गरेको छ । अध्यक्ष माबोले भने,‘प्रतियोगीता मिति टुंगो लगाएर सार्वजनिक गर्यौ । पुरस्कार सम्बन्धि विस्तृत विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गछौ ।’ सिरीजङगा गाउँपालिका–७ मा पर्छ, खेवाङ । खेवाङको भु–भाग फराकिँलो फाँटदेखि अग्लो पहाड क्षेत्रले ढाकिएको छ । कालो सुन अलैचीदेखि धान,मकै र कोदोको उब्जनी क्षेत्र पनि हो । चाडपर्वको बेला खेल आयोजना हुनु,त्यति नै बेला अलैची थन्क्याउने चटारो हुनु र बेसी क्षेत्रका खेत धानले पहेलपुर हुँदै जानु खेल अवलोकनमा जानेले हेर्न पाउने गज्जबका दृश्य हुन् । कंञ्चनजंघा हिमाल आधारशिबिर प्रस्थान गर्न खेवाङहुँदै याम्फुदिन भएर हिड्नुपर्छ ।