setoveda logo
४ वैशाख २०८३, शुक्रवार

खोटाङमा वडाध्यक्ष र कांग्रेसकी कार्यकर्ताको ‘नग्न’ भिडिओ लिक, नगरपालिकामा पर्यो उजुरी

चैत २३, २०८२, सोमवार

चैत २३ गते । खोटाङको दिक्तेल(रुपाकोट(मझुवागढी नगरपालिका-१ का वडाध्यक्ष नवराज राई र स्थानीय कांग्रेस कार्यकर्ता गीता थापा बस्नेतको अन्तरंग भिडियो लिक भएपछि हंगामा मच्चिएको छ । लिक भएको भिडिओमा एउटा कोठाभित्र दुवैजना निर्वस्त्र र निर्लज्ज अवस्थामा देखिएका छन् ।

फेसबुक स्टोरीमा  भिडिओ

फेसबुक स्टोरीमा  भिडिओ

हिजो साँझ बस्नेतकै फेसबुक स्टोरीमा उक्त भिडिओ देखा परेको थियो । झुक्किएर उनले स्टोरीमा पोस्ट गरेको हुनसक्ने अनुमान छ । केही मिनेटमा भिडिओ हट्यो । तर, कसैले यसलाई कपि गर्न भ्याइसकेको थियो, जुन अहिले म्यासेन्जर र ह्वाट्सएपमार्फत मोबाइलहरूमा दौडिरहेको छ । राई र बस्नेत दुवै विवाहित हुन् । वडाध्यक्ष राईकी एक छोरी छन् । केही महिनाअघि उनले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाएका थिए । राई केही समयदेखि आफ्नी श्रीमतीसँग छुट्टिएर बसेका छन् । उनीहरुबीच सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको जनाइएको छ ।

यता, बस्नेतका एक छोरा र श्रीमान् छन् । छोरा इन्जिनियर हुन् । बाबु र छोरा काठमाडौंमा बस्दै आएका छन् । उक्त भिडिओको दृश्य कहाँ र कहिले कैद भएको हो भन्ने स्पष्ट भएको छैन । भिडिओमा हेर्दा दुवै जना अन्तरंग सम्बन्धमा रहेको भने स्पष्ट हुन्छ । अहिले वडाध्यक्ष राईको फेसबुक डिएक्टिभ छ भने मोबाइल पनि अफ गरेका छन् । भिडिओ बाहिर आएपछि उनी नगरपालिकाका मेयरसँग पनि सम्पर्कमा नभएको खुलेको छ ।

यो भिडिओलाई लिएर बस्नेतका देवरसहित परिवारका सदस्यले समाज भाँड्ने र अश्लीलता फैलाउने कार्य गरेको भन्दै नगरपालिकामा आज उजुरी दिएका छन् । उजुरीको विषयमा नगरपालिकाले वडाध्यक्ष राईलाई स्पष्टीकरण सोध्ने भएको छ । राईको मोबाइल अफ भएकाले म्यासेन्जर र ह्वाट्सएपमा ७ दिनको म्याद दिएर स्पष्टीकरण पत्र आजभोलि नै पठाउने नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।