(एन्फा) लाई २४ घण्टे स्पष्टीकरण
चैत ११ गते । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। परिषदका खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले एन्फालाई मंगलबार पत्राचार गर्दै पत्र प्राप्त भएको २४ घण्टाभित्र सफाइ पेश गर्न भनेका छन्। आगामी चैत १३ गते साधारण सभामार्फत् केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको एन्फाले परिषदको निर्देशन पलाना नगरेको तथा प्रचलिन कानुन विपरित काम गरेको खेलकुद परिषदको ठहर छ।
राखेपले एन्फालाई मागेको स्प्रष्टीकरण पत्र
एन्फालाई परिषदको सोमबार बसेको कार्यकारी समितिले सफाइ पेश गर्न निर्देशन दिने निर्णय गरेको थियो। यसअघि खेलकुद परिषदले एन्फाले गर्न लागेको निर्वाचनलाई स्वीकृति दिएको थिएन भने निर्वाचन गर्नका लागि विधान संशोधन गर्न निर्देशन दिएको थियो। तर एन्फाले अन्तर्राष्ट्रिय निकायबाट स्वीकृति पाएको अवस्थामा निर्वाचन रोक्न नमिल्ने तर्क गर्दै आएको छ। एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल आगामी असार ६ गते सकिँदैछ। कार्यकाल सकिनुअघि नै एन्फाले निर्वाचन गर्न लाग्दा जिल्लाबाट तहगत नगरी सिधै केन्द्रीय कार्यसमितिको मात्र निर्वाचन गर्न लागेको छ। चैत १३ गते झापामा हुने निर्वाचनमा वर्तमान अध्यक्ष पंकजबिक्रम नेम्बाङ र उपाध्यक्ष दीर्घबहादुर केसीको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ।
राखेपले एन्फालाई मागेको स्प्रष्टीकरण पत्र