setoveda logo
४ वैशाख २०८३, शुक्रवार

‘खेल्छ मैवाखोला, जित्छ मैवाखोला’: २ करोड १३ लाख लगानीमा निर्मित्त बहुउदेश्यीय कबर्ड हल उद्घाटन

चैत १९, २०८२, बिहिवार
‘बहुउदेश्यिय कबर्ड हल’

‘बहुउदेश्यिय कबर्ड हल’

चैत १९ गते । जिल्लाको मैवाखोला गाउँपालिकामा २ करोड १३ लाख लगानीमा सम्पन्न ‘बहुउदेश्यिय कबर्ड हल’ को बुधबार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले हलको उद्घाटन गरे । वडा नं. ३ का वडाअध्यक्ष खगेन्द्र थक्लुङ र सोही वडाकी जयरानी लिम्बुले उपलब्ध गराएको जग्गामा हल निर्माण गरिएको हो । अध्यक्ष वनेमले भने,‘खेल्छ मैवाखोला, जित्छ मैवाखोला । किनकी अब प्रतिभा पलाउन शहर जान पर्दैन ।’

 नवनिर्मित्त बहुउदेश्यीय कबर्ड हल उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम

नवनिर्मित्त बहुउदेश्यीय कबर्ड हल उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम

हल निर्माणपश्चात भलिबल,ब्याडमिन्टन,तेक्वान्दो र उसु आदि खेल खेल्न सहज भएको छ । अध्यक्ष वनेमले भने,‘चमेना गृह,दर्शक बस्ने ठाउँ,शौचालय र कपडा फेर्ने स्थान समेत बनेको छ । अब खेलाडीका लागि सहज भएको छ ।’ ब्याडमिन्टनका लागि ३ वटा कोर्ट छ । आ.व. २०८०÷८१ देखि निर्माणको काम सुरुवात भएको हो । हल संञ्चालनका लागि आवश्यकता बमोजिम नीति नियम बनाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हललाई आम्दानीको स्रोत बनाउने तयारी गरेको छ । अध्यक्ष वनेमले भने,‘हामी निश्चित अवधिका लागि ठेक्का आव्हान गर्छौ । जुन आम्दानी गाउँपालिकाको आम्दानी हो ।’ चालु आ.व.भित्रमै ठेक्का प्रक्रिया सक्ने गाउँपालिकाको तयारी छ । खेलकुदमा मैवाखोला गाउँपालिकाको महत्वपूर्ण फड्को समेत हो । गाउँपालिकामै सुविधा सम्पन्न संरचना बनेकोमा स्थानिय समेत खूसी भएका छन् । जग्गाको क्षेत्रफल ४ रोपनी ४ आना २ पैसा दुई दाम र अर्को १० आना १ पैसा ३ दाम छ ।

नवनिर्मित्त बहुउदेश्यीय कबर्ड हलमा ३ वटा ब्याडमिन्टन कोर्ट छन् ।

नवनिर्मित्त बहुउदेश्यीय कबर्ड हलमा ३ वटा ब्याडमिन्टन कोर्ट छन् ।