setoveda logo
४ वैशाख २०८३, शुक्रवार

क्षितिज सुनुवार वडाअध्यक्ष भएको वडामा बालबालिका र ज्येष्ठ नागरिकलाई निस्शुल्क एम्बुलेन्स सेवा

साउन २, २०८२, शुक्रवार
एम्बुलेन्स तस्बिर

एम्बुलेन्स तस्बिर

साउन १ गते । जिल्लाको फुङलिङ नगरपालिका-८ का वडाअध्यक्ष क्षितिज सुनुवार नेतृत्वको जनप्रतिनिधिले बालबालिका र जेष्ष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको छ । का ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकले जिल्ला अस्पतालमा उपचार गराउन जाँदा निस्शुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । फुङलिङ-८ ले वार्षिक बजेटअन्तर्गत एक आर्थिक वर्षका लागि आफ्ना जनतालाई यस्तो सेवा प्रवाह प्रारम्भ गरेको हो । उमेर हद तोकिएका नागरिकले अस्पताल जानका लागि वडाध्यक्ष, वडा सदस्य, वडा कार्यालय वा वडाले तोकेका एम्बुलेन्स चालकसँग सम्पर्क गरे तत्कालै सेवा पाउने वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिए । अन्य नागरिक हिँडेर पनि जान सक्ने भएकाले बालबालिका र वृद्धवृद्धालक्षित कार्यक्रम राखिएको उनले बताए ।

नगरपालिकाभित्र भएर पनि वृद्धवृद्धा र बालबालिकालाई अस्पतालको पहुँचमा पुग्न समस्या भएको र कतिपयले खर्चका कारण अस्पताल नगई बसेको पाएकाले यस्तो सेवा प्रारम्भ गरिएको सुनुवार बताउँछन् । यो वडाले अघिल्लो आर्थिक वर्षदेखि वडाका कोही नागरिकको मृत्यु भए किरिया खर्चको सहयोगका लागि १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यसले घरदेखि घाटसम्म पुर्‍याउन यातायात सुविधामा पनि सहयोग पुगेको छ । सुत्केरी महिलालाई एउटा कुखुराको भाले, भाले नखानेलाई घिउ, अण्डा र पोसिलो खानेकुरा वडाले उपलब्ध गराउँदै आएको छ ।

वडाका हरेक विद्यालयमा सबैभन्दा बढी उपस्थित विद्यार्थीले १५, दोस्रोले १० र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउँदै आएका छन् । सात वटा विद्यालयका २१ जना विद्यार्थी हरेक वर्ष पुरस्कृत हुन्छन् । वडाभरिका वर्षभरि उत्कृष्ट शिक्षण गर्ने शिक्षकलाई समेत वडाले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । नगरपालिकाभित्र भएर पनि दुर्गम वडा भएकाले नागरिकको सुविधाका कार्यक्रम ल्याउनुपरेको वडाध्यक्ष सुनुवार बताउँछन् ।