setoveda logo
४ वैशाख २०८३, शुक्रवार

‘कोशी प्रदेश आमसञ्चार विधेयक’ प्रति ताप्लेजुङसहित १४ वटै जिल्लाका पत्रकार आन्दोलित

भदौ १३, २०८२, शुक्रवार
‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा ताप्लेजुङका पत्रकारहरू

‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा ताप्लेजुङका पत्रकारहरू

भदौ १२ गते । कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा ताप्लेजुङका पत्रकारहरूले विहिबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । जिल्ला अध्यक्ष सुवास आचार्यको नेतृत्वमा गएको पत्रकारको टोलीले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको गेटमा एक घण्टा धर्ना दिएका हुन् । सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने मनसायले विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासङ्घको नेतृत्वमा धर्ना दिएका छन् । धर्ना कार्यक्रममा पत्रकारहरूले ‘कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’ नारा लेखिएको ब्यानर राखेका थिए ।

‘कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’ नारा लेखिएको ब्यानर 

‘कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’ नारा लेखिएको ब्यानर 

कोशी प्रदेश सरकारले आम सञ्चार नीति बनाउँदा पत्रकारहरूको मर्म भावना विपरीत सञ्चार विधेयक दर्ता भएको साथै पत्रकारहरूलाई सूचना प्रवाह गर्नेमा अङ्कुश लगाउन खोजिएको प्रति घोर आपत्ति रहेको अध्यक्ष सुवास आचार्यले बताए । कोशी प्रदेशका १४ वटै जिल्लाका पत्रकार महासँघले विधेयको विरोध जारी राखेका छन् ।