बैसाख १ गते । नेपाली काग्रेस भ्रातृ संगठन नेपाल किसान महासँघ जिल्ला कार्य समितिको अध्यक्षमा भिम गुरुङ चयन भएका छन् । नेपाली काग्रेस पाटी ताप्लेजुङ सभापति गजेन्द्र प्रसाद तुम्याङको प्रमूख आथिथ्यतामा आइतबार सम्पन्न चौथौ जिल्ला अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्मत चयन गरेको हो । निर्वतमान अध्यक्ष घनेन्द्र गुरुङका अनुसार नेतृत्व सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा विवेक घिमिरे र सचिवमा नन्दराज भारती चयन भएका छन् । प्रदेश अधिवेशन प्रतिनिधिमा क बाट मनिप्रसाद अधिकारी,अम्बिका मगर, विवेक घिमिरे र ख बाट कृष्ण कुमारी गुरुङ,डम्बर बस्नेत र विना दर्जी चयन भएका छन् । यसैगरी नन्दराज बस्नेत,उमा गुरुङ र कृष्ण कुमार बस्नेत केन्द्रिय प्रतिनिधीमा चयन भएका छन् । नेपाल किसान महासँघ केन्द्रिय सदस्य तिल प्रसाद सुब्बाका अनुसार किसान सँघले कृषकको हक हित र देशको नीति बनाउन समेत समन्वय गर्ने गरेको छ । प्रमुख अतिथि तुम्याङले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै जिम्मेवारीपुर्वक कार्यसम्पादन गर्ने आशा व्यक्त गरे ।