तेल्लोक प्रशिक्षक रमेश चोङवाङ (निलो ज्याकेट) र इटहरी प्रशिक्षक विमल मगर
देवराज गुरुङ,साउन २४ गते । ताप्लेजुङ गोल्डकप (तेश्रो संस्करण) शनिबारदेखि सुरु हुँदैछ । ८ टिम मैदान उत्रदैछ । ७ खेल समावेश छन् । तेल्लोक स्र्पोटिङ क्लबले ताप्लेजुङको प्रतिनिधित्व गर्दैछ । फिदिम स्र्पोटिङ क्लब पाँचथर,रेडस्टार क्लब झापा, द योङ ब्रदर्श क्लब इटहरी, लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी भारत,चर्च व्याइज क्लब काठमाडौ,सहारा क्लब पोखरा र सहलेस यूवा क्लव सिरहा उपाधिका लागि भिड्नेछ । यतिबेला चौतर्फी चासो छ, कुन टिमले उपाधि जित्ला ? तेल्लोक र इटहरीको चर्चा गरौ ।
हुनतः खेलको अग्रिम अनुमान कहिलेकाही ठ्याक्कै मिल्छ । अधिकाँश नमिल्न सक्छ । फुटबल त्यसकारण रोचक हुन्छ, जबसम्म अग्रिम चर्चा बढि हुन्छ । कुरा गरौ, समूह ‘ए’ मा रहेका टिमको । घरेलु टिम तेल्लोक र इटहरीबिच उद्घाटन खेल (साउन २४ गते) हुँदैछ । दुईमध्ये एक टिमले शनिबार विदा लिनेछ । विजेताले सेमिफाइनल यात्रा तय गर्नेछ । विजेताले सिलिगुढी र चर्च व्वाईज क्लब काठमाडौबिचको विजेतालाई सेमिफाइन खेलका लागि पर्खनेछ । तेल्लोकका टिममा उपलब्ध छन्, २ जना विदेशी खेलाडीसहित ४ जना नेपालका चर्चित खेलाडी । तेल्लोक स्र्पोटिङ क्लबका अध्यक्ष अर्जुन भट्टराई भन्छन्,‘हामीसँग उत्कृष्ट खेलाडी र घरेलु दर्शकको साथ छ । त्यही भएर उपाधि जित्न आतुर छौ ।’ तेल्लोकका प्रशिक्षक रमेश चोङवाङ हुन् । उनी पूर्व खेलाडी हुन् । संघर्ष स्र्पोटिङ क्लब उकालीपानीबाट कप्तानी गरेर मैदानभित्र खेलेको चोङवाङसँग अनुभव छ । त्यसपछि विभिन्न खेलमा प्रशिक्षक भएर क्लबको नेतृत्व गरेका छन् । उनले भने,‘जिल्ला,ए डिभिजन खेलेका र विदेशी खेलाडीको मिश्रण छ । टिम बनाउनुको उदेश्य उपाधि जित्नु हो ।’
इटहरीको इतिहास बोकेको क्लब हो, द योङ ब्रदर्श क्लब इटहरी । २०७९ सालमा औपचारिक रुपमा स्थापना भएको क्लब हो । गतवर्ष सुनसरीको ‘भरौल गोल्डकप’ जितेको टिम हो । त्यो उपाधि नेपाल पुलिस क्लबलाई पराजित गरेर उचालेको थियो । प्रशिक्षक विमल मगरले भने,‘हामीसँग हाम्रै सर्कलका खेलाडी छन् । फुटबल टिममा खेलिने खेल हो । हामी टिममा विश्वास गर्छौ ।’
मैदानभित्र जर्सी लगाएर प्रवेश गरेपछि सबै खेलाडीको समान उदेश्य हुन्छ,–उपाधि जित्नु । सम्भवभएसम्म आफ्नो पोजिसनमा (विद्यागत क्षेत्र) पनि उत्कृष्ट घोषित हुनु । ९० मिनेट खेलेर दर्शकलाई मज्जा दिनु खेलाडीको अर्को विशेषता हो । अझ भनौ, दर्शक पनि १२औं खेलाडी हो, होइन र ? तसर्थ उपाधि जित्ने टिम जति खूसी हुन्छन्, त्यो भन्दा बढि क्लब समर्थक ।
तेल्लोक स्र्पोटिङ क्लब,ताप्लेजुङ टिम प्लेइङ–११ (अनुमान)
१. सुहाङ नेयोङ (गोलकिपर)
२. सन्जय श्रेष्ठ (डिफेन्डर)
३. जीवन गुरुङ (डिफेन्डर)
४. नविन भुजेल (डिफेन्डर)
५. सुनुयोजित लिम्बु ‘हाङपाङ’ डिफेन्डर
६. रुपेश के.सी. (मिडफिल्ड)
७. अनुप सेन्दाङ लिम्बु (कप्तान)
८. फोफोना ब्राहिमन (फरवार्ड)
९. सम्युइल ओलुशोला (मिडफिल्ड)
१०. मनिश सेढाई (फरवार्ड)
११. दिपेश लिम्बु लिङ्खिम (फरवार्ड)
प्रशिक्षक रमेश चोङवाङ
मेनेजर सुमन भट्टराई
मेडिकल दीपक पौडेल
द योङ ब्रदर्श क्लब इटहरी टिम प्लेइङ–११ (अनुमान)
१. निशान थापा मगर गोलकिपर (सातदोबाटो क्लब,ललितपुर)
२. शिशिर चौधरी (नेपाल पुलिस क्लब)
३. निराजन क्षेत्री (नेपाल पुलिस क्लब)
४. रमेश राजवंशी (सातदोबाटो यूवा क्लब)
५. यूवराज थापा
६. निवास फुयेल (मिडफिल्ड)
७. योगेन्द्र कार्की (मिडफिल्ड) बासबारी क्लब
८. विशाल थिङ तामाङ
९. अमित बाँसबारी
१०. प्रवेश बस्नेत (थ्रिस्टार)
११. सञ्जय धिमाल (फरवार्ड) बासबारी क्लब
प्रशिक्षक बिमल मगर
मेनेजर विज्ञान राई
मेडिकल टिमः दिपेन घिसिङ