चैत २७ गते । जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आयोजित कंञ्चनजंघा हिरक महोत्सवमा पुरुष भलिबलमा ८ टिमबिच प्रतिस्पर्धा हुने भएको छ । कंञ्चनजंघा हिमाल आरोहणको ७०औं वार्षिक उत्सवको अवसरमा वैसाख ३ गतेदेखि ७ गतेसम्म भलिबल खेल हुने भएको हो । खेल नकआउटका आधारमा खेलाइने मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गरएको हो । खेल संयोजक सन्तोष लिम्बुका अनुसार जिल्लाबाहिरका पाँचथरको याङ्वरक गाउँपालिका छ । जिल्लास्थित मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाले भाग लिएका छैनन् ।
यातायात,बास तथा खाना खर्च वापत सिदिङ्वा गाउँपालिका र सिरीजङ्घा गाउँपालिकालाई ५०÷५० हजार प्रदान गरिने खेल संयोजक लिम्बुले जानकारी दिए । पाथीभरा याङ्वरक गाउँपालिका,मेरिङ्देन गाउँपालिका,मिक्वाखोला गाउँपालिका र फुङलिङ नगरपालिकालाई ४०÷४० हजार प्रदान गरिनेछ । फक्ताङलुङ गाउँपालिकालाई २० हजार र पाँचथरको याङ्वरक गाउँपालिकालाई ६० हजार प्रदान गर्ने भएको छ । सहभागी टिमलाई दुरीको हिसाबले यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रथम पुरस्कार २ लाख ८ हजार ५ सय ८६ र दोश्रो पुरस्कार १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद दुई हजार पाँच सय प्रदान गरिनेछ । ५ वटा विधामा जनही ३ हजार ५ सयका दरले पुरस्कार प्रदान गर्ने भएको छ । बेस्ट डिफेण्डर,बेस्ट सेटर,बेस्ट ब्लकर,बेस्ट सर्भर र बेस्ट क्विकर विधा छन् । यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार प्रदान गरिनेछ । भलिबल खेलमा करिब १० लाख नौ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । सहभागी टिमलाई बैसाख २ गते साँझ ५ बजे आयोजकसँग सम्पर्कमा आउनुपर्ने समय तोकेको छ । प्रतियोगीताले स्थानिय खेलकुद र पर्यावरणीय दृश्टिकोणलाई उजागर गर्दै कंञ्चनजंघा क्षेत्रको सुन्दरता र महत्वलाई प्रचार प्रसार गर्न टेवा मिल्ने अपेक्षा गरेको छ ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र कुमार माबो (गणेश),कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद कार्यालय सचिव मन कुमार लिम्बु,समृद्ध पहाड परियोजना कार्यक्रम संयोजक चित्रा कुमारी चंसु मेन्याङ्बो लगायत सहभागी थिए ।