setoveda logo
४ वैशाख २०८३, शुक्रवार

कंञ्चनजंघा हिरक महोत्सवः कोशी प्रदेश सरकारले ३० लाख बजेट दिएन,३० लाख नै घाटा

असार २८, २०८२, शनिवार
कंञ्चनजंघा हिरक महोत्सवको आयव्यय सार्वजनिक गर्दै महोत्सव संयोजक खगेन्द्र फेम्बुसहितको टोली । 

कंञ्चनजंघा हिरक महोत्सवको आयव्यय सार्वजनिक गर्दै महोत्सव संयोजक खगेन्द्र फेम्बुसहितको टोली । 

असार २८ गते । कोशी प्रदेश सरकारले रकम नदिएपछि गत बैशाखमा सम्पन्न कन्चनजंघा हिरक महोत्सव आयोजक समितिलाई ३० लाख रुपैंया घाटा भएको छ । सनिवार पत्रकार सम्मेलन मार्फत खर्च विवरण सार्वजनिक गर्दै कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष एवं हिरक महोत्सव आयोजक समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बूले प्रदेश पर्यटन मन्त्रालयले ३० लाख दिने बचन दिएको तर नदिएको गुनासो गरे ।

फेम्बूले अपुग रकमका लागि दातृ संस्थालाई गुहार माग्नुपर्ने अवस्था रहेको वताए । फेम्बूका अनुसार महोत्सवमा एक करोड आठ लाख ४४ हजार रुपैंया खर्च भएको छ । संकलनचाहिँ ७७ लाख ५० हजार मात्रै भएको छ । फेम्बूका अनुसार समुदाय परिचालन तथा सरसफाईमा ११ लाख २२ हजार, महोत्सव कार्यक्रम यातायात व्यवस्थापनमा १२ लाख ५० हजार, कदरपत्र वितरणमा छ लाख पाँच हजार खर्च भएको छ ।

यस्तै खेलकुद कार्यक्रममा १३ लाख १५ हजार, सास्कृतिक कार्यक्रम तथा प्रदर्शनीमा १६ लाख ४१ हजार, महोत्सवको प्रचार प्रशारमा चार लाख ८९ हजार, फोटो प्रदर्सनीमा चार लाख २० हजार, प्रचार प्रशार सामग्रीमा पाँच लाख १३ हजार, स्थानीय तथा राष्ट्रिय सन्चार माध्यमको प्रयोगमा चार लाख ४४ हजार, अतिथि स्वागत सत्कारमा १३ लाख दुई हजार, कार्यक्रम स्थल तयारीमा १२ लाख ८५ हजार र कार्यक्रम स्थलमा न्यूनतम पूर्वाधार विस्तारमा चार लाख ५२ हजार रुपैंया खर्च भएको उल्लेख छ ।

आम्दानी तर्फ समृद्ध पहाड नेपालले २० लाख, इन्भष्टमेण्ट बैंकले चार लाख, बिश्व वन्य जन्तु कोष नेपालले पा“च लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषले तीन लाख, रेडपाण्डा नेटवर्कले एक लाख, क्रिष्टल पावर डेभलपमेण्ट प्रालिले १० लाख, तमोर इनर्जी प्रालिले सात लाख र रिभर साइड हाइड्रो इनर्जीले तीन लाख सहयोग गरेका छन् । यस्तै स्नो रिभर्स लिमिटेडले पा“च लाख, हिलटन हाइड्रो इनर्जीले तीन लाख, रेमिट हाइड्रो लिमिटेडले पा“च लाख, नेपाल हाइड्रो भेन्चर प्रालिले पाँच लाख, युनियन हाइड्रो पावर लिमिटेडले दुई लाख सहयोग गरेका छन् । सिरिजंगा गाउँपालिकाले दुई लाख, पाथीभरा याङवरक गाउँपालिकाले एक लाख र फक्ताङलुङ गाउ“पालिकाका वाड्नं ५ तापेथोक, ६ लेलेप र ७ ओलाङचुङगोलाले ५० हजारका दरले सहयोग गरेको फेम्बूले वताए ।

सदरमुकाम फुङलिङवाट पाँच घण्टाको दुरीा रहेको लेलेपमा महोत्सव आयोजना गरिएको थियो । सदरमुकाम बाहिरको गाउँमा कार्यक्रम हुँदा ढुवानी वढी हुने र यातायातका कारण धेरै खर्च भएको फेम्वूले वताए । कन्चनजंद्धा हिमाल आरोहणको ७० औं बर्षको अबसरमा आयोजित कार्यक्रम ताप्लेजुङको लेलेप, काठमाण्डौं स्थित वेलायती दुतावास र बेलायतमा समेत गरिएको थियो । देश विदेसमा भएकाले कन्चनजंघाको ब्यापक प्रचार भएको र यसले पर्यटन बृद्धिमा सहयोग पुर्याउने कन्चनजंघा संरक्षण क्षेत्रले जनाएको छ । संरक्षण क्षेत्रमा पहिलो ठुलो कार्यक्रम पनि हो ।