setoveda logo
२१ जेठ २०८३, बिहिवार

कांग्रेसको विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत प्रतिनिधि सहभागी

पुष २८, २०८२, सोमवार
विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या

विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या

पुस २८ गते । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या २ हजार ६६२ पुगेको छ । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६।१२ प्रतिशत हो । गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षर थियो । आइतबार विशेष महाधिवेशन उद्घाटनका दिन यो संख्या २ प्रतिशत बढेको छ । दोस्रो विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोख्रेलका अनुसार महाधिवेशन प्रतिनिधिहरुको संख्या बन्दसत्र सुरु हुनुअघिसम्म बढ्न सक्ने छ ।

सचिवालयका अनुसार सोमबार बिहान ८ बजेदेखि नै महाधिवेशन प्रतिनिधि दर्ता प्रक्रिया पुनस् सुरु हुने छ । आइतबार दर्ता भएकामध्ये मधेश प्रदेशबाट सबभन्दा बढी ४ सय ४६ जना प्रतिनिधिहरु सहभागी छन् । त्यसपछि बागमतीबाट ४ सय ३२, कोशीबाट ४२५, लुम्बिनीबाट ३९८, गण्डकीबाट २९६, उपत्यकाबाट १७८, सुदूरपश्चिमबाट १५८, कर्णालीबाट १३४ प्रतिनिधि सहभागी छन् भने भ्रातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसको जम्मा महाधिवेशन प्रतिनिधि संख्या ४ हजार ७४३ रहेको छ ।