setoveda logo
४ वैशाख २०८३, शुक्रवार

कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले भने - प्रधानमन्त्री ओलीको धेरै विश्वास नगर्नुहोस्

जेठ ३, २०८२, शनिवार

जेठ ४ गते । गभर्नर नियुक्तिमा ढिलाई भइरहेको प्रति कांग्रेस सांसदहरुले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भूमिकाप्रति अविश्वास प्रकट गरेका छन् । कांग्रेसले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइलाई लिएर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाप्रति गम्भीर आशंका प्रकट गरेको छ ।

कांग्रेस संसदीय दलको शनिबारको बैठकमा राष्ट्र बैंकका निर्देशकबाट राजीनामा गरेका गुणाकर भट्टको राजीनामा स्वीकृत नभएपछि एक साताअघि अर्थविद् विश्व पौडेलको नाम प्रस्ताव गर्दासमेत नियुक्ति प्रक्रियामा ढिलाई भइरहेको भन्दै धेरैजसो सांसदहरुले प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न गरेका थिए ।

वैशाख तीन ३ गते प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबाट राष्ट्र बैंकका निर्देशक भट्टलाई गर्भनर बनाउने समझदारी बनेको थियो । त्यही समझदारीको आधारमा भट्टले राजीनामा दिएका थिए । तर, उनको राजीनामा डिपुटी गर्भनर निलम ढुंगानाले स्वीकृत नगरीदिएपछि दुई नेताबीचकै समझदारीअनुसार अर्थविद् विश्व पौडेललाई गर्भनर बनाउन कांग्रेसले गत शनिबार प्रस्ताव गरेको थियो । गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले आफ्नो नाम प्रस्ताव भएपछि भोलिपल्ट आइतबार नै समितिबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि रिक्त स्थानमा बुधबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पोषराज पाण्डेलाई नियुक्ति गरिसकेको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको समितिले पूर्णता पाइसकेपछि गभर्नर सिफारिसका लागि समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

समितिले राष्ट्र बैंकका कम्तीमा एकजना डिपुटी गर्भनरसहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था कानुनमा छ । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमध्यबाट एक जनालाई गभर्नर नियुक्ति गर्ने निर्णय गर्छ । कांग्रेस संसदीय दलमा राजीनामा दिन लगाउने, राजीनामा स्वीकृत नहुने, फेरि अर्को नाम प्रस्ताव गर्ने । उसलाई बनाउनसमेत ढिलाई गर्ने कामले गम्भीर आशंका भएको भन्दै कांग्रेस सांसदहरुले यसलाई धेरै नगिजोल्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । E-kantipur