setoveda logo
४ वैशाख २०८३, शुक्रवार

काग्रेस सभापति तुम्याङको नाम सिफारिस

मंसिर २७, २०८२, शनिवार
सिफारिस विवरण

सिफारिस विवरण

मंसिर २६ गते । नेपाली काग्रेस ताप्लेजुङ सभापति गजेन्द्र प्रसाद तुम्याङलाई प्रतिनिधिसभाका (प्रत्यक्ष) लागि सिफारिस गरेको छ । विहिबार बेलुकी भएको छलफलबाट सभापति तुम्याङलाई सर्वसम्मत रुपमा चयन गरेको पाटीले जनाएको छ । विद्यार्थी राजनीतिदेखि नै काग्रेसमा सक्रिय तुम्याङ उम्मेद्वारका लागि मुख्य दावेदार पनि थिए । यद्यपी प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले असन्तुष्टि जनाएका छन् । काठमाडौमा रहेकी बोखिमले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान भएतापनि आफूलाई हेपेर गलत निर्णय गरेको दावी गरेकी छिन् । बोखिमले भनिन्,‘मेरो नाम सिफारिस भएको छैन् । म कानुनी प्रक्रिया अगाडी बढाउँछु ।’ पाटी प्रवक्ता विश्व नाल्बोले शनिबार पत्रकार सम्मेलन गरेर सर्वसम्मत नाम चयन भएको जानकारी दिए । काग्रेस नेता गीता सेन्दाङले पनि असन्तुष्टि जनाएका छन् । टीकाराम गुरुङ,बल वहादुर तामाङ,पदम सुन्दर पालुङवाले पनि प्रतिनिधिसभामा दावी गरेका थिए ।