setoveda logo
४ वैशाख २०८३, शुक्रवार

काबेली खोलाले सिनाम पावर हाउसमा दुई वटा एस्काभेटर र दुई वटा टिपर बगायो

भदौ १६, २०८२, सोमवार
सिरीजङ्घा गाउँपालिका–५ पेदाङस्थित झरेको पहिरो । तस्बिरः खेलप्रसाद बुढाक्षेत्री (पराग)

सिरीजङ्घा गाउँपालिका–५ पेदाङस्थित झरेको पहिरो । तस्बिरः खेलप्रसाद बुढाक्षेत्री (पराग)

भदौ १६ गते । आइतबार राती परेको अविरल वर्षासँगै पानीको बहाव बढेपछि काबेली खोलाले सिनाम पावर हाउसमा रहेका दुई वटा एस्काभेटर र दुई वटा टिपर बगाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार काबेली खोलाले नम्बर नखुलेका दुईवटा एस्काभेटर र दुईवटा टिपर बगाएको हो । सिरीजङ्घा गाउँपालिका–१ स्थित उक्त पावरहाउसबाट बगाएका दुई वटा एस्काभेटर भने करिब २० मिटर तल डुबेको अवस्थामा छन् भने दुई वटा टिपर भेटिएका छैनन् । बाँकी टिपरको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।

वर्षाकै कारणमाथिबाट पहिरो झरेपछि सिरीजङ्घा गाउँपालिका–५ पेदाङस्थित हाङमाया थुङ्गीम (लिम्बू) को परिवार पूर्णरूपमा विस्थापित भएको छ भने अन्य पाँच घर जोखिममा परेको खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिए। यस्तै सोही गाउँपालिका ७ नंम्बर वडामापर्ने महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा समेत क्षति पुगेको छ । नयाँ बन्दै गरेको भवन छेउबाट पहिरो झरेको वडा सदस्य जगत साम्यूले जानकारी दिए। गएराति जिल्लाका विभिन्न ठाउँमा भारी वर्षा भएको थियो । वर्षाका कारण साना ठूला पहिरोले बर्खे बालीनालीमासमेत क्षति पुगेको स्थानीयले बताएका छन् ।