जेठ १९ गते । थाई, अंग्रेजी र चिनियाँ तीनै भाषामा कुराकानी गर्न सक्ने २२ वर्षिय थाइल्याण्डकी ओपल सुचाताले शनिबार राति हैदरावादमा मिस वर्ल्डको ताज पहिरिन् । मिस वर्ल्डको ताज पहिरिएपछि ओपालले सञ्चारकर्मीहरुसँग आफूलाई अरु सपना पूरा गर्न यसले मौका दिएको बताइन् । उनले भनेकी छिन्, ुम सधैं विश्वास गर्छु, तपाईं जो भएपनि, जति उमेरको भए पनि, जीवनमा जुनसुकै उपाधि लिए पनि, तपाईंको छेउमा सधैं कोही न कोही हुन्छ जसले तपाईंलाई हेरेर केही सिक्ने प्रयास गर्छ । त्यो बच्चा हुन सक्छ, वयस्क हुन सक्छ, तपाईंका आफ्नै आमाबाबु पनि हुन सक्छन्।ु
हैदरावादमा भएको ७२औं मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन जानुभन्दा मात्र एक साताअघि मात्रै उनले मिस वर्ल्ड थाइल्याण्ड २०२५ को उपाधि हात पारेकी थिइन् । मिस युनिभर्स २०२४ मा पनि थाइल्याण्डको प्रतिनिधित्व गरेकी उनी त्यतिबेला तेस्रो उपविजेता घोषित भएकी थिइन् ।
थाइल्याण्डको फुकेटमा जन्मिएकी ओपलको परिवार होटल व्यवसायम संग्लन छ । सुचाताले ताज पहिरेपछि थपिन्, ुसफलता भनेको तपाईंको जीवन बाँच्नु र वरिपरिको मानिसहरूको जीवन अझ राम्रो बनाउनु हो।ुभारतकी नन्दिनी गुप्ता शीर्ष २० मा पुगेपनि उनको यात्रा त्यसभन्दा अघि बढन सकेन् । अहिलेसम्म भारतका ६ जनाले मिस वर्ल्ड मिस वर्ल्ड जितिसकेका छन् । भारतिय राज्य तेलङ्गानाले पहिलोपटक मिस वर्ल्ड महोत्सवको आयोजना गरेको हो । यसअघि भारतका अन्य राज्यमा सन् १९९६ र सन् २०२४ मा मिस वर्ल्ड प्रतियोगिता आयोजना भएको थियो ।