कार्तिक २२ गते । झापामा सर्पको डसाइबाट एक जनाको ज्यान गएको छ । गौरादह नगरपालिका वडा नम्बर ६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिकात्मक तस्बिर
शर्मालाई गएराति घरभित्र रहेको खाद्य भण्डारबाट सामान निकाल्ने क्रममा गोमन सर्पले टोकेको थियो । शर्माको उपचारको क्रममा ज्यान गएको हो ।