setoveda logo
४ वैशाख २०८३, शुक्रवार

झापाको दमकबाट ५ दिनमा पैदल हिडेरै २४औं पटक पाथीभराको दर्शन

चैत २१, २०८२, शनिवार
झापाको दमकबाट ५ दिनमा पैदल हिडेरै २४औं पटक पाथीभराको दर्शनमा आएका मदन राईलाई मायाको चिनो प्रदान गर्दै ।

झापाको दमकबाट ५ दिनमा पैदल हिडेरै २४औं पटक पाथीभराको दर्शनमा आएका मदन राईलाई मायाको चिनो प्रदान गर्दै ।

चैत २१ गते । ताप्लेजुङमा अवस्थित पाथीभरामा तपाई कति पटक पुग्नुभयो ? एक पटक, दुई पटक, तीन पटक वा अझ बढि । यद्यपी पाथीभरा आइनपुगेकाहरु कुनै न कुनै दिन आउने तयारीमा पक्कै हुनुहुन्छहोला । झापा दमकका मदन राई शुक्रबार २४औं पटक पाथीभरा दर्शनमा आए । त्यो पनि पैदल हिडेरै । राईलाई उदृत गर्दै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार आउँदा पैदल र फर्कदा गाडीमा यात्रा गर्ने गरेका छन् । राई भन्छन्,–‘झापा दमक घर हो । ५ दिनमा पाथीभरा आइपुगे ।’ २५औं पटकसम्म पाथीभरा दर्शन गर्ने उनको योजना छ । राईले भने,–‘१६ पटकसम्म हिडेँरै पाथीभरा दर्शन गर्ने भाकल थियो । तर साथीभाईसँग यात्रा गर्दागर्दै २४औं पटक पुग्यो ।’ कर्मचारी महतले भने,–‘उहाँ आउँदा एक्लै आउनुहुन्न । साथीभाई लिएर आउनुहुन्छ ।’

कतिपयको पाथीभरा दर्शन भाकल हुन्छ । कतिपय स्वस्र्फूत दर्शनमा आउँछन् । पाथीभराको दर्शन गर्दा मन हलुङ हुन्छ । यसैबिच पाथीभरा क्षेत्र विकास समितिले राईलाई मायाको चिनो प्रदान गरेको छ । कर्मचारी टीकाराम पौडेलसहितका कर्मचारीले धन्यबाद दिदैँ मायाको चिनो प्रदान गरेका हुन् । दर्शन तथा प्रकृतीको अवलोकन गर्न गज्जबको ठाउँ हो,–पाथीभरा क्षेत्र । चैत÷बैसाख ढकमक्क गुँरास फुल्न थालेका छन् । पाथीभरा प्रस्थान गर्ने पैदलमार्ग दायाँ बायाँ जंगल नै रताम्मे देखिन्छ । कतै कतै फुलेका सेतो गुँरासको दृश्यले शोभा बढाएको छ । कतिपयले दुर्लभ वन्यजन्तु रेडपान्डाको समेत अवलोकन गर्न पाउँछन् । पाथीभरा कहिले हिउँले ढाकिन्छ । कहिले निलो आकाश आकाश होइन, छाताको काम गरेको आभास हुन्छ । यो मौसम दर्शन र प्रकृतीको अवलोकनका लागि गज्जब हुन्छ ।