कार्तिक १८ गते । झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी शुरुआत गरेको छ । झापाको दुधे रङ्गशालामा भएको उद्घाटन खेलमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ८ गोलले पराजित गरेको छ । प्रतियोगिताअन्तर्गत भोलि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सिक्किमको सिङलिङ एस।सीबीच खेल हुनेछ । यसअघि कात्तिक १५ गतेदेखि शुुरू हुने भनिएको प्रतियोगिता वर्षाका कारण दुई दिनपछि सरेको हो ।
झापा महिला गोल्डकप फुटबल प्रतियोगिता
आठ वटा टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, एपीएफ क्लब, सिङलिङ एस।सी सिक्किम, सङ्कटा क्लब, झापा एफसी, त्रिभुवन आर्मी क्लब र आर।एस पोखरा सहभागी छन् । प्रतियोगिता कात्तिक २४ गतेसम्म चल्नेछ ।