setoveda logo
४ वैशाख २०८३, शुक्रवार

झापा–५ मा बालेनको फराकिलो अग्रता, झण्डै २४ हजार मतले पछि परे ओली

फागुन २३, २०८२, शनिवार
झापा क्षेत्र नम्बर ५

झापा क्षेत्र नम्बर ५

फागुन २३ गते । झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिएका छन्। शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई करिब २४ हजार मतान्तरले पछाडि पारेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ५१ हजार ६९८ मत गणना हुँदा बालेनले ३२ हजार ३३६ मतप्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले मात्र ८ हजार ५१८ मत प्राप्त गरेका छन्। शाह र ओलीबीचको मतान्तर २३ हजार ८१८ पुगेको छ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ५ हजार ४७८ मतका साथ तेस्रो स्थानमा छन्। कांग्रेसकी उम्मेदवार मधुरा चिमरिया ९३० मतमा सीमित भएकी छिन्। निर्वाचन कार्यालयका अनुसार हालसम्म गणना गरिएको कुल ५१ हजार ६९८ मतमध्ये ४९ हजार ४८३ मत सदर भएको छ भने २ हजार २१५ मत बदर भएको छ। -तस्बिरः लोकान्तर