setoveda logo
४ वैशाख २०८३, शुक्रवार

झापा गोल्डकपमा सिंग्लिङ एस.सीलाई ७ गोलले हराउँदै एपीएफ क्लब सेमिफाइनलमा

कार्तिक १९, २०८२, बुधवार

कार्तिक १९ गते । एपीएफ क्लब झापाको दुधे रंगशालामा चलिरहेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७ गोलको फराकिलो अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।

झापा महिला गोल्डकप फुटबल

झापा महिला गोल्डकप फुटबल

हिजो भएको खेलमा एपीएफका लागि रश्मि कुमारी घिसिङले ह्याट्रिक गरिन् । आज संकटा क्लब काठमाण्डौ र झापा–११ एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।