setoveda logo
४ वैशाख २०८३, शुक्रवार

जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी क्रिकेट नखेल्ने, हर्षित राणा टोलीमा भित्रिए

माघ ३०, २०८१, बुधवार

माघ ३० गते । भारतीय तीव्र गतिका जसप्रित बुमराह आईसीसी च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विज्ञप्ति जारी गरेर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी नखेल्ने जनाएको हो । १५ सदस्यीय टोलीमा बुमराहको स्थानमा तेज बलर हर्षित राणा हुनेछन् ।

टोलीमा अर्को परिवर्तन पनि भएको छ । वरुण चक्रवर्तीलाई यशस्वी जायसवालको स्थानमा टोलीमा समावेश गरिएको विज्ञप्तीमा उल्लेख छ । च्याम्पियन्स ट्रफी यही फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र यूएईमा हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न नमानेपछि हाइब्रिड मोडलमा केही खेल पाकिस्तान र केही यूएईमा हुने तालिका छ । च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, अष्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बङ्गलादेशले खेल्नेछन् ।