setoveda logo
४ वैशाख २०८३, शुक्रवार

जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

असार १३, २०८२, शुक्रवार

असार १३ गते । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको हो । जसपाको लुम्बिनी प्रदेशमा १ जना प्रदेशसभा सदस्य मात्र छन् । जसपा नेपालको संसदीय दल नेता अम्बिका काफ्लेले शुक्रबार प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ अनुसार लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रमार्फत प्रदेशसभालाई जानकारी गराएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले बताए । समर्थन फिर्ताको पत्र प्रदेशसभामा दर्ता भएको छ ।

जसपा नेपाल

जसपा नेपाल

मुख्यमन्त्री आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले, कांग्रेस, नागरिक उन्मुक्ति, जनमत, लोसपालगायतले समर्थन गरेका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, जसपाका २, लोसपाका ३, जनमतका ३ सदस्य सरकारको समर्थनमा छन् । विपक्षमा माओवादीका १०, राप्रपाका ३, नेकपा समाजवादी, जनमोर्चा र जसपाका १र१ सदस्य छन् । जनमत पार्टीकी सदस्य गीता गुरूङ पदमुक्त भएकी छन् ।