जनता समाजवादी पार्टी नेपाल ताप्लेजुङका उम्मेद्वार सूर्य गुरुङ (तमू)
फागुन ८ गते । जनता समाजवादी पार्टी नेपाल ताप्लेजुङका उम्मेद्वार सूर्य गुरुङले (तमू) भने,‘ताप्लेजुङको मुद्धा म सँग छ । देशको मुद्धा जनता समाजवादी पार्टी नेपालसँग छ ।’ ताप्लेजुङमा जसपाको तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका गुरुङ संगठन विस्तार र चुनावी घरदैलोमा छन् । मतदातासँग घरदैलो गर्ने क्रममा गुरुङले भने,‘अरु उम्मेदवार र दलसँग चुनावको बेला मुद्धा हुन्छ । तर हामीसँग सधै जिल्ला र देशको मुद्धा छ ।’ जसपा नेपालले ‘संघियता भित्र पहिचान, समृद्धिसहित सुशासन’ भन्ने नारा तय गरेको छ ।
जसपा नेपाल घोषणापत्र
जसपा नेपाललाई नै भोट किन ? भन्ने जिज्ञासामा ३० बुँदे घोषणापत्रमा विषय समावेश गरेको छ । जसपा नेपाल ताप्लेजुङको घोषणापत्रमा दृष्टिकोण,राष्ट्रिय मुद्धा,मुख्य माग र प्रतिबद्धताहरु समावेश गरेको छ । पाथीभरा अर्थात मुक्कुमलुङको केबलकार निर्माण खारेज गर्नुपर्ने उल्लेख छ । राज्य पुनसंरचना उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन २०६८ को आधारमा दश प्लस एक हुने गरि राज्य पुर्नसंरचना गर्नुपर्ने माग छ । नेपालका आदिबासी जनजाती प्रकृतीपुजक हुन् । आइएलो १६९ अनुसार हक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । उम्मेदवार तमूले भने,‘चुनाव हो हार जित हुन्छ । तर हाम्रो मुद्धा हार्ने छैन् ।’ समानुपातिकतर्फ अन्जना शेर्पा उम्मेदवार छन् । दुवै जना जिल्लास्थित विभिन्न टोलमा मत माग्दै घरदैलो अभियानमा छन् । ६६ वर्षीय गुरुङ पुराना राजनीतिज्ञ हुन् ।