कार्तिक १० गते । फिल्म जारी २: सङ् अफ च्याब्रुङुको ट्रेलर सार्वजनिक भएको छ । कार्तिक २१ बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा च्याब्रुङको महत्त्व देखाइएको छ । जारीुपछिकै कथालाई यसमा निरन्तरता दिइएको देखिन्छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
फिल्म जारी २
फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बरालको प्रमुख भूमिका छ। अन्य कलाकारहरु बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय पनि फिल्ममा समावेश छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको प्रदर्शन जेनजी आन्दोलनका कारण यसअघि तोकिएको समयमा भएन । अब भने कार्तिक २१ मै प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष जुटेको छ । जारीु २०८० सालको ब्लकबस्टर फिल्म हो, फिल्मले उक्त वर्ष बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।