setoveda logo
४ वैशाख २०८३, शुक्रवार

जनवरीमा ९२ हजार ५ सय ७३ जना पर्यटक नेपाल आए

माघ १९, २०८२, सोमवार
जनवरी महिनामा ९२ हजार ५ सय ७३ जना पर्यटक नेपाल आए

जनवरी महिनामा ९२ हजार ५ सय ७३ जना पर्यटक नेपाल आए

माघ १९ गते । हिजो सकिएको जनवरी महिनामा ९२ हजार ५ सय ७३ जना पर्यटक नेपाल आएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार गएको वर्षको जनवरीको तुलनामा १५ दशमलव ७ प्रतिशत धेरै पर्यटक नेपाल भित्रिएका हुन् । गएको वर्षको जनवरीमा ७९ हजार ९ सय ९१ जना पर्यटक नेपाल आएका थिए । जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय रहेका छन् । जनवरीमा भारतबाट २६ हजार ६ सय २४ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै चीनबाट ९ हजार १ सय १, अमेरिकाबाट ८ हजार ४ सय ६, बङ्गलादेशबाट ५ हजार ८ सय १४ र अस्ट्रेलियाबाट ४ हजार ९ सय ५७ जना पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी दक्षिण एशियाली देश ९सार्क० बाट ३६ हजार ३ सय ७५ जना पर्यटक नेपाल आएका पर्यटन बोर्डले जनाएको छ ।