setoveda logo
४ वैशाख २०८३, शुक्रवार

इस्टु कार्कीले बनाउने पाथीभरा सम्बन्धि कन्टेन्ट कहिले आउँला ?

मंसिर ४, २०८२, बिहिवार
पाथीभरा दर्शन गर्न हजुरआमा लिएर आएकी चर्चित कन्टेन्ट क्रिएटर इस्टु कार्की ।

पाथीभरा दर्शन गर्न हजुरआमा लिएर आएकी चर्चित कन्टेन्ट क्रिएटर इस्टु कार्की ।

मंसिर ४ गते । नेपाली कन्टेन्ट क्रिएटर इस्टु कार्कीले बुधबार ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गरिन् । दर्शनपश्चात पाथीभरा देवीको बारेमा बनेका कन्टेन्ट कहिले सार्वजनिक गर्लान भनेर फ्यान फ्लोवर्सहरु प्रतिक्षामा छन् । हुनतः कन्टेन्ट बनाउने नबाउने उनको अधिकार हो । तर फलोअर्सहरुले यति चर्चित र प्रसिद्ध स्थल पाथीभराको बारेमा केही न केही कन्टेन्ट सार्वजनिक गर्लान भनेर अपेक्षा गर्नु स्वभाविक हो । अझ इस्टुले प्रायः आफू पुगेको ठाउँको बारेमा केही न केही जानकारीमुलक कन्टेन्ट बनाउने गर्छन् । ८० वर्षीया हजुरआमालाई हेलिकप्टरमार्फत दर्शन गर्न लिएर आएकी कार्कीले पाथीभरामा करिब २ घण्टा समय विताएकी थिईन् । त्यो अवधिमा ३० भन्दा बढि भिडियो र २ सय बढि तस्बिर कैद गरेकी छिन् । कतिपय भिडियो र तस्बिर राजेन्द्र महतले कैद गरिदिए । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी महतका अनुसार दर्शन गर्न मौसम अनुकुल थियो । महतले भने,‘दर्शन गर्न आएका अधिकाँशले इस्टु जी सँग तस्बिर खिचे । इस्टु चाहिँ पाथीभरा क्षेत्रको कहिले भिडियो त कहिले तस्बिर कैद गर्न व्यस्त बने ।’ इस्टुले पाथीभरा दर्शनपश्चात आफ्नो पेजमा दर्शनको खूसी साट्दै मार्मिक रुपमा पारिवारिक कुरा लेखेकी छिन् । उनले लेखेकी छिन्,‘हजुरबुवाले पाथीभरा लैजान्छु भन्नुहुन्थ्यो । बितिहाल्नुभयो । त्यो कुरा मनमा थियो । पटक पटक भनेको सुनिरहदा पनि म चुपचाप बस्थे । न हजुरआमाको उमेर थियो । न म सँग पैसा । आज वर्षौपछि हजुरआमाको यो इच्छा पुरा गर्न पाए । खूसीको सिमा छैन् ।’

इस्टु कार्कीले हजुरआमाको पाथीभरा दर्शन गर्ने चाहना पुरा भएकोमा खुसी साट्दै सामाजिक सञ्जालमा लेखेका शब्द ।

इस्टु कार्कीले हजुरआमाको पाथीभरा दर्शन गर्ने चाहना पुरा भएकोमा खुसी साट्दै सामाजिक सञ्जालमा लेखेका शब्द ।

इलामको माइपोखरीमा खिचेको तस्बिर सार्वजनिक गरेकी कार्कीलाई हास्यव्यङ्य कलाकार भरतमणि पौडेलले ताप्लेजुङको फुङफुङे झरना जान सुझाव दिएका थिए । चर्चित रियालिटी सो कमेडीमा पौडेलले भनेका थिए,‘इस्टु ! हाम्रातिर फुङफुङे झरना छ । एकपटक त्यहाँ पनि गएर नुहाईदेउ न !’ पौडेलको कमेडी शैलीको अनुरोधमा स्यंम इस्टु र दर्शक बेस्सरी हाँसेका थिए । कमेडियन पौडेलको घुमाउरो शैलीमा त्यो पर्यटनको प्रचार थियो । उनीसँगै कलाकार स्मारिका ढकाल पनि थिए । दुवैले आफ्ना हजुरआमालाई हेलिकप्टरमा चढाएर आएका हुन् । ढकालले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘आज हजुरआमालाई पाथीभरा पुर्याउने सपना पुरा भयो । उहाँको आखामा देखिएको खूसी मेरो सबैभन्दा ठूलो आशिवार्द हो ।’

स्मारिका ढकालले हजुरआमाको पाथीभरा दर्शन गर्ने चाहना पुरा भएकोमा खुसी साट्दै सामाजिक सञ्जालमा लेखेका शब्द ।

स्मारिका ढकालले हजुरआमाको पाथीभरा दर्शन गर्ने चाहना पुरा भएकोमा खुसी साट्दै सामाजिक सञ्जालमा लेखेका शब्द ।

लाखौ फलोअर्स भएका कार्की र ढकालका हजुरआमालाई पाथीभरा क्षेत्र विकास समितिले मायाको चिनो समेत दिएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले भने,‘जेष्ठ नागरिक हाम्रा अभिभावक हुन् । यो उमेरमा पाथीभरा दर्शन गर्ने इच्छा गरेर आउनुभएको हामी पनि खूसी छौ ।’ प्रतिष्ठित व्यक्ति र सेलिब्रेटीमार्फत पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने चलन समयक्रमसँगै बढ्दो छ । कतिपयले हेलिकप्टरको भन्दा पाथीभराको प्रचारमा जोड दिन कमेन्ट बक्समा अनुरोधसहितको प्रतिक्रिया लेखेका छन् । कार्की र ढकाल कन्टेन्ट क्रिएटर भएकाले पाथीभराको कन्टेन्ट कस्तो आउँला भनेर प्रतिक्षा गर्नु नोलो होइन । होइन र ?

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतसँग पाथीभरा बारे जानकारी लिदै इस्टु कार्की ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतसँग पाथीभरा बारे जानकारी लिदै इस्टु कार्की ।

इस्टु कार्की र स्मारिका ढकालद्धयका हजुरआमा दर्शनपश्चात पाथीभरा क्षेत्र विकास समितिको तर्फबाट पाथीभरा अंकित मायाको चिनो ग्रहण गर्दै ।

इस्टु कार्की र स्मारिका ढकालद्धयका हजुरआमा दर्शनपश्चात पाथीभरा क्षेत्र विकास समितिको तर्फबाट पाथीभरा अंकित मायाको चिनो ग्रहण गर्दै ।