setoveda logo
४ वैशाख २०८३, शुक्रवार

इरानमा चर्किएको युद्ध र खामेनेईको मृत्यु, के किम जोङ उन डराएका छन् ?

चैत ८, २०८२, आइतवार

चैत ८ गते । अमेरिका, इजरायल र इरानबीच सुरु भएको युद्ध र इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको मृत्युपछि विश्वको ध्यान उत्तर कोरियाली शासक किम जोङ उनतर्फ मोडिएको छ। इरानसँग दशकौँ लामो सैन्य र मिसाइल साझेदारी रहेको उत्तर कोरियाले यस हमलाको कडा निन्दा गरेको छ। तर, इरानमा भएको क्षतिले किम जोङ उनलाई त्रसित बनाएको छ कि उनको आत्मविश्वास झन् बढाएको छ रु यो अहिले चर्चाको विषय बनेको छ।

उत्तर कोरियाका नेता किम जोङ उन

उत्तर कोरियाका नेता किम जोङ उन

बीबीसी हिन्दीको एक रिपोर्टअनुसार सन् २००३ मा इराक युद्धका बेला उत्तर कोरियाका तत्कालीन नेता किम जोङ इल (वर्तमान शासकका पिता) ५० दिनसम्म बंकरमा लुकेका थिए। तर, अहिले इरानमा युद्ध चर्किए पनि र खामेनेई मारिए पनि किम जोङ उन सार्वजनिक मञ्चहरूबाट टाढा भएका छैनन्। विश्लेषकहरूका अनुसार यसको मुख्य कारण उत्तर कोरियासँग भएको ुपरमाणु हतियारु हो।

सन् २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत उत्तर कोरियालाई पर्याप्त परमाणु हतियार भएको शक्तिको रूपमा स्वीकार गरेका थिए। स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटको २०२५ को प्रतिवेदनअनुसार उत्तर कोरियासँग करिब ५० वटा परमाणु वारहेड छन्। इरानसँग महत्वाकांक्षी परमाणु कार्यक्रम भए पनि परमाणु हतियार नभएकै कारण ऊ केही कमजोर बनेको किमको बुझाइ हुनसक्ने विज्ञहरू बताउँछन्। उत्तर कोरियाको भौगोलिक अवस्थिति पनि उसको पक्षमा छ। चीनसँगको सीमा र सन् १९६१ देखिको रक्षा सन्धिले उत्तर कोरियालाई बलियो सुरक्षा प्रदान गरेको छ।