setoveda logo
४ वैशाख २०८३, शुक्रवार

इङ्ग्ल्याण्ड युरो च्याम्पियन

साउन १२, २०८२, सोमवार

साउन १३ गते । इङ्ल्यान्डले महिला युरो २०२५ को उपाधि जितेको छ। स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो। निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो। युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन्। उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको जित निश्चित गरिन् । स्पेन लगातार ३ पेनाल्टीमा गोल गर्न चुक्ताहाना ह्याम्पटनले दुई वटा बचाइन्।

इङ्ग्ल्याण्ड युरो च्याम्पियन

इङ्ग्ल्याण्ड युरो च्याम्पियन

इङ्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको पहिलो ठूलो उपाधि हो। साथै, प्रशिक्षक सरिना विगम्यानले दुई फरक देशबाट तीन युरोपेली उपाधि जित्दै आफूलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको रूपमा स्थापित गरेकी छन्। इङ्ल्यान्डले युरोको फाइनलमा पहिलो हाफमा पछि परेपनि जित निकाल्नेको पहिलो टोली बनेको‌ छ।उनीहरूले फेरि एकपटक आफूलाई ‘कमब्याक क्विन’ प्रमाणित गरे।

गोल गरेपछि खुसी मनाउँदै इङ्ग्ल्याण्डका खेलाडी 

गोल गरेपछि खुसी मनाउँदै इङ्ग्ल्याण्डका खेलाडी 

इङ्ग्ल्यान्ड युरोमा चौथो पटक पछाडि पर्यो। नकआउटका सबै ३ खेलमा पहिलो गोल खाँदै आएका थिए। तर यसपटक पनि उनीहरूले हार मानेनन् । २५ औं मरिओना काल्देन्तेको हेडर गोलले स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर इङ्ल्यान्डले हार मानेन ।चोटको शंकाबीच पनि सुरुवाती ११ मा स्थान पाएकी लरेन जेम्सको स्थानमा मैदान प्रवेश गरेकी केलीले खेलमा नयाँ ऊर्जा ल्याइन्। उनले दिएको क्रसलाई अलेसिया रुसोले ५७ औं मिनेटमा हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन्।

स्पेन खेलाडी

स्पेन खेलाडी