setoveda logo
४ वैशाख २०८३, शुक्रवार

इङ्ग्ल्यान्ड युरोको सेमिफाइनलमा

साउन २, २०८२, शुक्रवार

साउन २ गते । इङ्ग्ल्यान्ड युइएफए महिला युरो २०२५ को सेमिफाइनलमा पुगेको गरेको छ। स्विडेनसँग २-० ले पछि परेको खेल उल्टाएर पेनाल्टी सुट आउटमा ३-२ को जित निकाल्दै इङ्ग्ल्यान्ड अन्तिम चारमा पुगेको हो। लुसी ब्रोन्जले इङ्ग्ल्यान्डको लागि सातौं पेनाल्टी हानिन् र उनी सफल भइन् । स्विडेनकी स्मिल्ला होल्मबर्गले आफ्नो प्रयास बारमाथि प्रहार गरेपछि पेनाल्टी सुटआउट टुंगिएको थियो।

बल नियन्त्रण होडमा इङ्ग्ल्यान्ड र स्विडेनका खेलाडी ।

बल नियन्त्रण होडमा इङ्ग्ल्यान्ड र स्विडेनका खेलाडी ।

स्विडेनले ७ पेनाल्टीमध्ये केबल २ गोल गर्न सक्यो। इङ्ग्ल्यान्डकी गोलकिपर हाना ह्याम्प्टनले २ पेनाल्टी रोकिन् । स्विडिस गोलकिपर जेन्निफर फाल्कले ४ पेनाल्टी बचाइन् । तर फाल्क आफै भने पेनाल्टीमा गोल गर्न चुकिन् । ज्युरिचमा भएको खेलमा अन्तिम ११ मिनेट बाँकी रहँदा खेलमा बराबरी गर्दै इङ्ग्ल्यान्डले जितको आधार तयार पारेको थियो।

कप्तान कोसोभारे अस्लानी दोस्रो र फरवार्ड स्टिना ब्ल्याकस्टेनियसले २५ औं मिनेटमा गोल गर्दै स्विडेन २–० ले अघि बढाएका थिए । इङ्ग्ल्यान्डले त्यो समयसम्म खासै अवसर सिर्जना गर्न सकेको थिएन। ७९ औं मिनेटमा क्लोइ केलीको क्रसमा ब्रोन्जले हेडमार्फत गोल फर्काइन् । त्यसको दुई मिनेटपछि परिवर्तित खेलाडी मिशेल अगेमाङले नजिकैबाट बराबरी गोल गरिन् । साविक विजेता इङ्ग्ल्यान्डले मंगलवार इटालीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। एजेन्सी