साउन १९ गते । ईपीएस भाषा परीक्षाका लागि २६ साउनदेखि आवेदन खुला हुने भएको छ । दक्षिण कोरियाको मानव संशाधन विकास सेवा (एचआरडी)ले आइतबार आवेदनबारे वेबसाइटमा सूचना जारी गरेको छ ।
दक्षिण कोरिया
सूचनाअनुसार यही २६ साउनदेखि ३१ साउनसम्म अर्थात् ११ अगस्टदेखि १६ अगस्टसम्म आवेदन दिन सकिने छ । सूचनामा कोटा र क्षेत्रबारे खुलाइएको छैन । यसबारे नेपालस्थित ईपीएस कोरिया शाखाले सूचना जारी गर्नेछ ।