साउन ७ गते । साविक विजेता इंग्ल्याण्डले युइएफए महिला युरोको फाइनल पुगेको छ। फेरि एक पटक अविश्वसनीय पुनरागमनका साथ अतिरिक्त समयमा इटालीलाई २(१ ले हराउँदै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो। मिचेल अजेमेंगले इन्जुरी समयको छैंटौं मिनेटमा बराबरी गोल गर्दै इंग्ल्याण्डलाई खेलमा कायम राखिन्।
साविक विजेता इंग्ल्याण्ड
अतिरिक्त समयको एक मिनेट बाँकी हुँदा अर्की विकल्प खेलाडी क्लोइ केलीले गरेको गोल खेलको निर्णायक बन्यो। आफैले प्रहार गरेको पेनाल्टीको रोकेपछि रिबाउन्ड केलीले गोलमा गर्दै टोलीको फाइनल यात्रा तय गराइन् । स्विजरल्याण्डमा वैकल्पिक खेलाडीले फेरि एक पटक उच्च प्रदर्शन गर्दा सारिना विगम्यानको टोलीले आफ्नो उपाधि रक्षा गर्ने योजनाबाट पछि हट्नु परेन। १९ वर्षिय अजेमेंगले प्रतियोगितामा दोस्रो गोल गरेकी हुन्। दुबै पटक बेन्चबाट मैदान छिरेर उनले गोल गरेकी हुन् । उनले गोलकिपर लारा जुलियानीलाई छकाउँदै गोल गरिन् ।
साविक विजेता इंग्ल्याण्ड
३३ औं मिनेटमा बारबरा बोनान्सियाले गोल गर्दै इटालीलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि इंग्ल्याण्डकी प्रशिक्षक विगम्यानले आफ्नो भरपर्दो बेन्च खेलाडीमा भरोसा गरिन्। उनीहरुले अपेक्षाअनुसार प्रदर्शन गरे। अब विगम्यानले प्रशिक्षकको रूपमा लगातार तेस्रो युरो उपाधि जित्ने प्रयास गर्नेछिन् । उनको टोली लगातार तेस्रो ठूलो प्रतियोगिताको फाइनलमा पुगेको छ। यसपटकको यात्रा झन् चुनौतीपूर्ण रह्यो। फाइनल खेल आइतवार बासेलमा हुनेछ । जहाँ इग्ल्याण्डले जर्मनी वा स्पेनसँग फाइनल खेल्नेछ।