पाँचथर हेवाखोला तस्बिर : सामाजिक सञ्जाल
साउन ५ गते । आइतबार आएको बढीले बिगारेको पाँचथर हेवाखोलाको ह्युमपाइप राखेर बनाइएको डाइभर्सन नबन्ने भएको छ । यसका ह्युमपाइपहरु खोलाबाट निकाल्नु पर्ने भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर डम्बर मिश्रले जानकारी दिए । पेनस्टक राखेर बनाइएको डाइभर्सन मर्मतको कामभने सोमबार बिहानैदेखि सुरु भएको छ । हाइड्रोपावर कम्पनीले एउटा खोलाको पानी फर्काएपछि डाइभर्सन मर्मतको काम सुरु भएको हो । सहज वातावरणमा काम गर्न पाए सोमबार दिउसो १२ बजेसम्ममा यातायात सञ्चालन गर्न सक्नेगरीको हुने मिश्रले बताए । ‘खोलामा पानी निकै ठुलो छ, एक्साभेटरले हालेको चिज बगाइहाल्छ,’ मिश्रले भने, ‘तैपनि दुखदुखले बनाइरहेका छौं ।’ अहिले झापा, इलाम, फिदिम बाट ताप्लेजुङ आउने र ताप्लेजुङबाट त्यतातर्फ जाने यातायातका साधन अवरुद्ध भएको छ ।