setoveda logo
४ वैशाख २०८३, शुक्रवार

हङकङको ताइ पो क्षेत्रमा भीषण आगलागी, कम्तीमा ४४ जनाको ज्यान गयो

मंसिर ११, २०८२, बिहिवार

मंसिर ११ गते । हङकङको ताइ पो क्षेत्रमा भएको आगलागीमा कम्तीमा ४४ जनाको ज्यान गएको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले सार्वजनिक गरेको विज्ञप्ति अनुसार ४५ जना गम्भीर अवस्थाका घाइतेको अस्पतालमा उपचार भइरहेको छ । हिजो दिउँसो शुरू भएर बेलुकीपख अत्यन्तै फैलिएको आगलागीमा परी दुई सय ७९ जना हराइरहेका हङकङ प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै खुलेको छैन । आगलागी शुरू भएको १८ घण्टा अर्थात आज बिहानसम्म पनि पुरै निभाइसकेको छैन ।

हङकङको ताइ पो क्षेत्रमा भएको आगलागी

हङकङको ताइ पो क्षेत्रमा भएको आगलागी

प्रहरीले निर्माण कम्पनीका तीन जनालाई पक्राउ गरेको छ । भवन निर्माणमा लापरबाही गरेको आरोपमा कम्पनीका दुई जना सञ्चालक र एक जना सल्लाहकारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आगो शुरू हुँदा कम्प्लेक्सको मर्मतसंभार भइरहेको थियो । गुणस्तरहिन निर्माण सामग्रीको कारण आगो छिटो फैलिएको अग्नी नियन्त्रकहरुले बताएका प्रहरीले जनाएको छ ।