setoveda logo
४ वैशाख २०८३, शुक्रवार

हेलिप्याडलाइनमा रहेको ताप्लेजुङ बाइकर्स जोन मोटरसाइकल वर्कसपमा आगलागी

साउन १३, २०८२, मङ्गलवार
दरमुकाम फुङलिङको हेलिप्याडलाइनमा रहेको ताप्लेजुङ बाइकर्स जोन मोटरसाइकल वर्कसपमा आगलागी

दरमुकाम फुङलिङको हेलिप्याडलाइनमा रहेको ताप्लेजुङ बाइकर्स जोन मोटरसाइकल वर्कसपमा आगलागी

साउन १३ गते । जिल्ला सदरमुकाम फुङलिङको हेलिप्याडलाइनमा रहेको ताप्लेजुङ बाइकर्स जोन मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । ग्यारेजमा मंगलबार दिउँसो ४ बजेतिर आगलागी भएको हो । आगो तोक्मेडाँडामा रहेको नेपाली सेनाको गुल्मबाट खटिएको टोली, प्रहरीको टोली र फुङलिङ नगरपालिकाको दमकलसहितको जनशक्तिले तत्कालै निभाएको थियो ।

आगलागी सुरु भएको २०/२५ मिनेटमै नियन्त्रणमा लिइएकाले क्षति धेरै हुन नपाएको स्थानीयले बताएका छन् । क्षतिको यकिन विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । बाइक बनाउने क्रममा आगो झिल्को निस्केको र नजिक रहेको पेट्रोल, डिजेललगायतका प्रज्वलनशील वस्तुमा सल्किन पुगेर आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ ।