चर्चित गायिक मिलन नेवार
मंसिर १९ गते । चर्चित गायिक मिलन नेवारले भनेकी छिन्,‘हिउँदको साँझमा साँस्कृतिक कार्यक्रम गर्न हामी आइपुग्यौ ? साथ दिन तयार हुनुहुन्छ, ताप्लेजुङ ?’ विहिवार साँझ सदरमुकाम आइपुगेकी गायिका नेवार शुक्रबार साँझको ‘चासोक तङ्नाम वृहत सांस्कृतिक साँझ’ कार्यक्रममा प्रस्तुती दिन आतुर छिन् । किनकी ताप्लेजुङमा गीत संगीतको माहौल गज्जबको छ । चासोक तङ्नाम पर्वको अवसरमा उनले लिम्बु समुदायमा नाचिने धान नाच समेत साथीहरुसँगै केहीवेर नाचेकी थिइन् । गायिका नेवारले ताप्लेजुङ आउनुपूर्व नै भिडियो सन्देशमार्फत सबैलाई निम्तो गरेकी थिईन् । नेपाली गीत संगीतमा परिचित नेवारले सयौ गीतमा स्वर दिएकी छिन् । ‘गाला रातै गाला रातै’ बोलको गीत गाउँदै गर्दा नेपाली पाश्र्व गायनमा गर्विलो छाप थियो । चलचित्र कालीको ‘बट स्लोली,स्लोली,स्लोली’ बोलको गीत धेरेको मुखमा झुन्डिएको गीत हो । नायिक रेखा थापाले अभिनय गरेको फिल्मको गीतले नेवारलाई अर्को सफलतामा पुर्याएको हो ।
ताप्लेजुङ आइपुगेकी गायिका मिलन नेवारसहित कलाकारलाई स्वागद गर्दै आयोजक । तस्बिरः कुलदिप मादेन
भारतको आसाममा जन्मिएकी नेवारको सानैदेखि गीत संगीतमा रुची थियो । देश विदेशको स्टेज कार्यक्रममा व्यस्त छिन्,–नेवार । चर्चित रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ को कोच भएर काम गरिसकेकी नेवारको स्वर लोभलाग्दो छ । कोच उदय सोताङ,राजेश पायल राई र प्रमोद खरेलले ‘सिजन–५’ मा संयूक्त गाएको ‘बावरी फुलको बोट,आयो ढल्काउँदै झमझम स्टाकोट’ बोलको गीत अधिकाँशले अझै विर्सिएका छैनन् । थुप्रै गीतमा स्वर दिएकी गायिका नेवारको चर्चित गीतको सूची निकै लामो छ । ती चर्चित गीतहरु शुक्रबार साँझ भानु जन माविको मैदानमा गुज्जनेछ । रङ्गीनमय साँझ संगीतमय हुनेमा फ्यानहरु ढुक्क छन् । त्यही भएर दुई सय रुपैयाँको टिकट खरिद गर्न फ्यानहरुले कन्जुस्याई गर्ने छैनन् ।
शुक्रबार साँझको ‘चासोक तङ्नाम वृहत सांस्कृतिक साँझ’ कार्यक्रममा प्रस्तुतीका लागि सहभागी कलाकारहरु ।
गायक सुरोज मादेनको ‘ताप्लेजुङको तोङ्वा सुकुटी’ बोलको गीत पुनः एक पटक घन्कने छ । समितिका कोषअध्यक्ष कुलदिप मादेन भन्छन्,‘फुटबल र गीत संगीत सबैका रुची हो । समयको मागअनुसार यो पटक धेरै कलाकारलाई ल्याएका हौ ।’ गायक गायिका सुनिता सम्योक,भिम लिम्बु,गोविन्द चेम्जोङ लिम्बु,अमृता सम्बाहाम्फे लिम्बु,कुलदिप मादेन,रविन लिम्बु र मनिषा लाम्गादेको प्रस्तुती समावेश गरिएको छ । स्टेज प्रस्ुततीले दर्शकलाई बुरुक–बुरुक उफार्न खप्पिस हुन्छन्,–कलाकारहरु । साथमा प्रिती थलङ र हिमा गोर्खालीको नृत्य समेत प्रस्तुती हुनेछ । मेरिना तुम्सा लिम्बुले कार्यक्रम सञ्चालन गर्ने भएकी छिन् । चासोक तङनाम सञ्चालन समिति २०८२ र ङा वोरक सङजम्बो र कंञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङको आयोजनामा महिला फुटबल र ‘सांस्कृति साँझ’ कार्यक्रम समावेश गरिएको हो । संयोजक चन्द्र कुमार थेबेले भने,‘फुटबलसँगै सांस्कृतिक कार्यक्रम पनि समावेश गरेका हौ । किनकी दर्शकको माथ अधिक थियो ।’ सहसंयोजक केवल मादेनका अनुसार शुक्रबार साँझ च्याब्रुङ नाच पनि समावेश छ । महिला गोल्डकपको उपाधिका लागि फाइनल खेल भोली दिउँसो (मंसिर २० गते) हुने भएको छ । फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकाबिच फाइनल खेल हुने सहसंयोजक केबल मादेनले जानकारी दिए ।