setoveda logo
४ वैशाख २०८३, शुक्रवार

गगन–गजेन्द्र संवादः ताप्लेजुङबासीले जिताउनेमा ढुक्क छु किनकी काग्रेस नेतृत्वको सरकार समयको माग हो

फागुन १८, २०८२, सोमवार
नेपाली काग्रेस पार्टीका केन्द्रिय सभापति गगन कुमार थापा र ताप्लेजुङ सभापति गजेन्द्र प्रसाद तुम्याहाङ

नेपाली काग्रेस पार्टीका केन्द्रिय सभापति गगन कुमार थापा र ताप्लेजुङ सभापति गजेन्द्र प्रसाद तुम्याहाङ

फागुन १८ गते । .....फोनको रिङटोन

गजेन्द्र तुम्याङः जय नेपाल ! सभापति ज्यू ।

गगन थापाः जय नेपाल ! सभापति ज्यू ।

तम्याङः ठीक ठाक हुनुहुन्छ होला नि !

थापाः म ठीक छु । सर्लाही ठीक छ । देश ठीक छ ।

तुम्याङः ए...! (ए भन्न नपाउँदै उताबाट फेरि भने)

थापाः ताप्लेजुङको खबर सुनेर खूसी छु । अग्रिम जितको शुभकामना ।

तुम्याङः धन्यबाद सभापति ज्यू (फोनमा हल्का हाँस्दै) ।

थापाः मतदाता र पार्टीका साथीहरुलाई पनि सम्झना र शुभकामना सुनाईदिनुहोला । यो बेला समय निकाल्न मुश्किल परिराछ । जे होस, त्यहाँको बारे सबै थाहा पाइसके । साह्रै खूसी लाग्यो । बाँकी कुरा पछि गरौला है सभापति ज्यू ।

तुम्याङः तपाईलाई नि शुभकामना है सभापति ज्यू ।

थापाः थ्याङ क्यू । गुड लक । जय नेपाल !

तुम्याङः ह्वस । जय नेपाल !

......

नेपाली काग्रेस पार्टीका केन्द्रिय सभापति गगन कुमार थापा र ताप्लेजुङ सभापति गजेन्द्र प्रसाद तुम्याहाङबिचको टेलिफोन संवाद हो । हुनतः केन्द्रिय नेता र नेतृत्वले उम्मेद्वारलाई फोन गर्नु नौलो होइन् । तर अन्तिम समयमा पनि व्यस्तताका वावजुद केन्द्रिय सभापतिले फोन गरेर दिएको हौसलाले ढाडस मिलेको छ ।

पार्टी प्रवेश कार्यक्रममा सहभागीलाई स्वागत गर्दै गजेन्द्र प्रसाद तुम्याहाङ

पार्टी प्रवेश कार्यक्रममा सहभागीलाई स्वागत गर्दै गजेन्द्र प्रसाद तुम्याहाङ

थापाले ताप्लेजुङ उम्मेद्वार तुम्याहाङलाई फोनमार्फत ताप्लेजुङबासी मतदाता र स्यंम तुम्याहाङलाई जितको अग्रिम शुभकामना दिएका हुन् । सर्लाहीमा उम्मेद्वार बनेका थापाले तुम्याङलाई ताप्लेजुङबासीले जिताउनेमा आफू ढुक्क रहेको बताएका छन् । थापा र तुम्याङको प्रत्यक्ष फोन संवाद सुनेका काग्रेस पार्टी कार्यालय सचिव रन्जित ताङजोमका अनुसार करिब ६ मिनेट लामो कुराकानी भएको थियो । संवाद सुनेका ताङजमले भने,‘सभापति (गगन थापा) ज्यूले म देशभरका उम्मेद्वारसँग सम्पर्कमा छु । तर सबै नेता कार्यकर्ता र अग्रजसँग फोन संवाद मिलाउन समय अभाव भयो । सबैलाई जय नेपाल सुनाईदिनुहोला ।’ देशको अवस्था बिग्रदो छ । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपश्चात देशले नयाँ बाटो समाउनुपर्ने अवस्थामा छ । सभापति थापाले भने,‘ताप्लेजुङबासीले जिताउनेमा ढुक्क छु । किनकी काग्रेससँग देश र जनताको आशा अनि अपेक्षा छ ।’

गाउँघरमा आयोजित कार्यक्रम

गाउँघरमा आयोजित कार्यक्रम

विभिन्न राजनीतिक दल र कतिपय नेतृत्वप्रति जनतामा आक्रोश छ । राजनीतिक वितृष्णा अन्त्य गरि देशको मुहार फेर्न यो बेला काग्रेस नेतृत्वको सरकार आवश्यकता महसुस हुनु समयको माग हो । काग्रेसको केन्द्रिय सचिवालयले उम्मेदवार र नेतृत्वलाई समय–समयमा सम्पर्क गरेर सल्लाह र सुझाव दिने गरेको छ । दुवै जना प्रतिनिधिसभा सदस्य उम्मेद्वार पनि हुन् । थापा सर्लाहीमा उम्मेदवार छन् । तुम्याहाङ ताप्लेजुङमा उम्मेद्वार छन् । तराईमा ‘अवकी वार,गगन सरकार’ नारा घन्किएको छ । ताप्लेजुङमा जनताको दुःख सुखमा घरआँगनमा भेटिने पात्र तुम्याङप्रति सहानुभुति बढ्दो छ ।