setoveda logo
४ वैशाख २०८३, शुक्रवार

फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलर

साउन १३, २०८२, मङ्गलवार

साउन १४ गते । कुनै क्लबमा जम्न नसकेका पोर्चुगलका फरवार्ड जोआओ फेलिक्सले मंगलबार साउदी क्लब अल–नासर आबद्ध भएका छन्। योसँगै आफ्नो करिअरको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक पुर्‍याएका छन्। चेल्सीबाट ३० मिलियन युरो (झण्डै ३४.६ मिलियन डलर) को प्रारम्भिक शुल्कमा अल–नासर आएका २५ वर्षीय फेलिक्सले दुई वर्षको सम्झौता गरेका छन्। उनी अहिले त्यही क्लबमा खेलिरहेका क्रिस्टियानो रोनाल्डोका साथमा खेल्ने भएका छन्।

पोर्चुगलका फरवार्ड जोआओ फेलिक्स

पोर्चुगलका फरवार्ड जोआओ फेलिक्स

‘म यहाँ खुसी बाँड्न आएको हुँ। सँगै जितौं,’ फेलिक्सले अल–नासर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्वागत भिडियोमा भने। फेलिक्स युरोपबाट साउदी लिगतर्फ गएका पछिल्ला स्टार खेलाडी हुन्। साउदी अरब विश्व फुटबलमा शक्ति बन्ने योजनासहित ठूला खेलाडीलाई आकर्षित गर्दै आएको छ। तर, करिअरको सुरुआतमै अत्यधिक मूल्यमा अनुबन्ध भइसकेका फेलिक्सको यात्रा भने अपेक्षित उचाइमा पुग्न सकेको छैन।

सन् २०१९ मा बेन्फिकाबाट एट्लेटिको मड्रिड जाँदा उनीमाथि १४० मिलियन डलर खर्च भएको थियो। त्यसयता उनी चेल्सी, बार्सिलोना र पछिल्लो समय एसी मिलानजस्ता क्लबमा ऋणमा गएका थिए। तर, कुनै पनि क्लब उनी जमाउन सकेनन्।