फिफा रेफ्रि श्याम दनुवार
साउन २३ गते । ताप्लेजुङ गोल्डकप २०८२ (साउन २४–३१ तेश्रो संस्करण) संञ्चालन गर्न फिफा रेफ्रि श्याम दनुवार शुक्रबार ताप्लेजुङ आइपुग्ने भएका छन् । झापा निवासी दनुवारसहित जित वहादुर धिमाल,सुमन घिमिर र तुफान चेम्जोङ पनि शुक्रबार नै ताप्लेजुङ आइपुग्ने भएका छन् । फिफा रेफ्रि दनुवारले भने,‘साँझसम्म ताप्लेजुङ आइपुग्छु । भ्याएसम्म खेल मैदान अवलोकन गर्न फिल्डमा जान्छु ।’ धिमाल क्याटगोरी–२ मा पर्छन् । घिमिरे र चेम्जोङ एसिस्टेन्ट रेफ्रि हुन् । ताप्लेजुङका रेफ्रिहरुको भने नाम आयोजकलाई उपलब्ध हुन बाँकी छ । प्रतियोगीतामा ७ खेल हुनेछ । साउन ३० गते ब्रेक छ । उक्त दिन सांगीतिक कार्यक्रम हुने भएको छ ।