setoveda logo
४ वैशाख २०८३, शुक्रवार

एसियन कप छनोटमा नेपाल मलेसियासँग स्तब्ध

मंसिर ३, २०८२, बुधवार

मंसिर ३ गते । एसियन कप छनोटमा नेपाल मलेसियासँग १–० गोलले पराजित भएको छ । मलेसियामा हिजो भएको खेलमा घरेलु टोलीका लागि फैसल हलिमले गरेको गोल नै निर्णायक भयो । दशरथ रंगशालालाई एसियन फुटबल महासंघ ९एएफसी० ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको थियो । पहिलो लेगमा नेपाल मलेसियासँग २–० ले हारेको थियो ।

एसियन कप छनोटमा नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्दै । 

एसियन कप छनोटमा नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्दै । 

नेपालले छनोटसहित लगातार आठौं खेलमा जित निकाल्न सकेन । गएको मार्चमा सिंगापुरलाई १–० ले हराएपछि नेपालले ५ खेलमा हार र तीन खेलमा बराबरीको नतिजा निकालेको छ ।