setoveda logo
४ वैशाख २०८३, शुक्रवार

एनपीएल क्रिक्रेटः चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै

मंसिर २, २०८२, मङ्गलवार
चितवन राइनोज र कर्णाली याक्स 

चितवन राइनोज र कर्णाली याक्स 

मंसिर २ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ ।

विराटनगर किंग्स र पोखरा एभेन्जर्स

विराटनगर किंग्स र पोखरा एभेन्जर्स

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् । यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौं गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौंले अंकतालिकामा दुई अंक पनि जोड्यो ।

नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल खेल मंसिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ । एनपीएलका सबै खेल अनलाइनखबर डटकमले लाइभ गर्नेछ । तस्बिरः अनलाइनखबर