setoveda logo
४ वैशाख २०८३, शुक्रवार

एमाले ताप्लेजुङबाट उपमहासचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस

पुष २१, २०८२, सोमवार
प्रत्यक्षतर्फको उम्मेदवार

प्रत्यक्षतर्फको उम्मेदवार

पुस २१ गते । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले ताप्लेजुङले उपमहासचिव योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार सम्पन्न पार्टीको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फको उम्मेदवारमा भट्टराईसहित कोशी प्रदेशका सांसद एवं केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, युवा संघका केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य क्षितिज थेवे, कोशी प्रदेशका पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य टंक आङ्बोहाङको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख एवं जिल्ला कमिटी सचिव सन्तोष चाम्लिङले जानकारी दिए । उनका अनुसार फुङलिङ नगरपालिका उपप्रमुख एवं जिल्ला कमिटी उपसचिव भिमादेवी ओझाको नाम पनि सिफारिस गरिएको छ । उपसचिव भट्टराई २०७९ र २०७४ को निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका थिए । पासाङ शेर्पा, शिवकुमार गुरुङ, महेश गुरगाई र चित्रगुप्त साँवाले पनि उम्मेदवारका लागि पार्टीमा प्रस्ताव गरेका थिए । तर उनीहरुको प्रस्ताव मात्रै आएकाले सशरीर उपस्थित हुनेको नाममात्रै सिफारिस गरिएको चाम्लिङले बताए ।