setoveda logo
४ वैशाख २०८३, शुक्रवार

एमाले सचिव भट्टराई भन्छन्ः गणतन्त्रमाथि धावा बोल्दैमा व्यवस्था परिवर्तन हुँदैन्

चैत २९, २०८१, शुक्रवार

चैत २९ गते । नेकपा एमाले पाटी सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले काग्रेस–एमाले गठबन्धन सरकार आउँदो चुनावसम्म रहने प्रष्ट पारेका छन् । प्रेस चौतारी नेपालले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भने,‘ढुक्क हुनुहोला सरकारको आयु तोकिएको मितिसम्म जान्छ । यो सरकारले जनतामा आशा जगाएको छ ।’ जनता र राजनीतिक दलले दुखले ल्याएको गणतन्त्रमाथि विभिन्न तत्वले धावा बोल्दैमा व्यवस्था परिवर्तन नहुने भट्टराईले ठोकुवा गरे । उनले विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षकहरुले सडक आन्दोलनलाई भन्दा बार्तालाई प्राथमिकतामा राख्नु अनुरोध गरे । पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री समेत रहेका भट्टराईले भने,‘प्रतिनिधिसभामा विधेयक चाँडै नै जान्छ । किनकी सरकारको प्राथमिकतामा छ । संम्भवत विधेयक चाँडोगरि पास हुन्छ ।’ शिक्षकले उठाउँदै आएको वरियताको विषय समावेश हुनेमा शंका नगर्न उनले आग्रह समेत गरे ।

यसैबिच सदरमुकाम–टिप्पतला भन्ज्याङ सडक कालोपत्र गर्न करिब ८० अर्ब लागत खर्चिनुपर्ने प्रारम्भिक अनुमान गरेको छ । सरकारले चीन सरकारसँग समन्वय गरिरहेको उनले जानकारी दिए । भट्टराईले थपे,‘विषयगत मन्त्री र प्रधानमन्त्रीसँग कुरा भएको छ । यो सडक सरकारको प्राथमिकतामा छ ।’ सुकेटार–काफ्लेपाटी र बहानन्दे दोभान सडक कालोपत्र बजेट अभावले निर्माण सुस्त भएकोमा सबै सांसदहरु गंम्भिर भएका छन् । लिम्बुनी पुलको विषयमा सरकार ठेकेदार र निर्माण कम्पनीसँग निर्मम हुनुपर्नेमा उनले जोड दिए । कोशी प्रदेश सरकारले भ्रमण वर्ष २०८२ आयोजना गर्दा ताप्लेजुङ प्राथमिकतामा नपरेको भन्दै उनले गुनसो पोखे । यद्यपी नेकपा एमाले पार्टीले कोशी प्रदेश सरकारसँग समन्वय गर्ने भएको छ । कार्यक्रममा कोशी प्रदेशका पूर्व मन्त्री बल वहादुर साम्सोहाङ,पार्टी जिल्ला सचिव सन्तोष चाम्लिङ,उपसचिव गोपाल न्यौपाने,पूर्व उपसचिव मणिशंकर पोमू,पूर्व नगरप्रमूख छत्रपति प्याकुरेल,पार्टी प्रचार विभाग सदस्य तथा व्यवसायी रमेश बराल,स्कुल विभाग सदस्य सन्तोष प्रसाई लगायत नेता कार्यकर्ताको उपस्थिति थियो । प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त पालुङवाको अध्यक्षतामा पत्रकार सम्मेलन आयोजना भएको थियो ।